नवलपुरमा दुर्घटना, ३ जना घाईते


नवलपुर,



पुर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा गए राति भएको दुर्घटनामा ३ जना घाईते भएका छन् । पुर्वबाट आउदै गरेको लु ५५ प ७७६१ नम्बरको स्कुटरले दक्षिणबाट उत्तर तर्फ जादै गरेको साईकललाई गैडाकोट १२ हर्कपुरमा ठक्कर दिदाँ ३ जना घाईते भएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि कावासोति ५ निवासी स्कुटर चालक ३२ वषीय ज्ञानबहादुर सिंजाली गम्भीर घाईते भएका छन् ।




उनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । त्यसै गरि स्कुटरमा सवार हुप्सेकोट ३ निवासी ४५ बषीय देउकुमारी मह्तो र साईकल यात्री गैंडाकोट १२ निवासी ४२ बषीय भिमलाल चौधरी घाईते भएका छन् ।

 



सम्बन्धित
Loading...