नवलपुरमा सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी; सक्रिय संक्रमित ४ सय ४




नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ ।
कुनै बेला १ हजार २ सयसम्म सक्रिय संक्रमित रहेको नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम हुन थालेको छ ।

आइतबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार नवलपुरमा सक्रिय संक्रमितको संख्या ४ सय ४ जना रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।




नवलपुरमा अहिले सबैभन्दा बढी देवचुली नगरपालिकामा ७९ जना सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी गैडाकोटमा ५६ जना, कावासोतीमा ६० जना, मध्यविन्दुमा ४० जना रहेका छन्। त्यसैगरी विनयी त्रिवेणीमा ४६, हुप्सेकोटमा ४३, बुलिङटारमा ५० जना, बौदीकालीमा १५ जना र जिल्ला अस्पतालमा ११ जना सक्रिय स्रंक्रमित रहेका छन् ।

आइतबार जम्मा ४ जना मात्र नयाँ संक्रमित थपिएका छन् ।

नवलपुरमा बैशाख १ गते यता ४ हजार ३ सय ९ जना संक्रमित भएका छन् ति मध्ये ३ हजार ८ सय २८ जना निको भएका छन् । नवलपुरमा बैशाख ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहेको निषेधाज्ञा थप ४ दिन थप गरिने निर्णय गरिएको छ ।



सम्बन्धित
Loading...