नवलपुरमा आइतबार जम्मा ४ जना नयाँ संक्रमित


नवलपुर । पूर्वी नवलपरासीमा आइतबार जम्मा ४ जना नयाँ संक्रमित थपिएका छन् ।



गैडाकोटमा १ जना,  मध्यविन्दुमा २ जना र विनयी त्रिवेणीमा १ जना गरी जम्मा ४ जना नयाँ संक्रमित थपिएका हुन् ।

आइतबार थपिएका संक्रमितसँगै नवलपुरमा सक्रिय संक्रमितको संख्या ४ सय ४ पुगेको छ ।




नवलपुरमा आइतबार ४८ जना संक्रमित निको भएका छन् ।

नवलपुरमा अहिले सबैभन्दा बढी देवचुली नगरपालिकामा ७९ जना सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी गैडाकोटमा ५६ जना, कावासोतीमा ६० जना, मध्यविन्दुमा ४० जना रहेका छन्। त्यसैगरी विनयी त्रिवेणीमा ४६, हुप्सेकोटमा ४३, बुलिङटारमा ५० जना, बौदीकालीमा १५ जना र जिल्ला अस्पतालमा ११ जना सक्रिय स्रंक्रमित रहेका छन् ।

नवलपुरमा बैशाख १ गते यता ४ हजार ३ सय ९ जना संक्रमित भएका छन् ति मध्ये ३ हजार ८ सय २८ जना निको भएका छन् ।  नवलपुरमा बैशाख ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहेको निषेधाज्ञा थप ४ दिन थप गरी ११ गतेसम्म पुर्याएको छ।

 



सम्बन्धित
Loading...