कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्न अस्वीकार



काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वाेच्चले अस्वीकार गरेको छ ।



सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन ९भ्याकेट०मा दुवै पक्षलसाई बोलाउन आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको मंगलबारको इजलासले रिट निवेदकलाई पनि बोलाउन आदेश दिएको हो । यद्यपि, सर्वोच्चले अर्को पेशी भने तोकेको छैन ।




कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेला एमाले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए । त्यसपछि उनीहरुलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो । र आफूहरुमथि अन्याय भएको भन्दै चारै जना सांसद सर्वोच्च पुगेका थिए ।

उनीहरुले दिएको रिटमा सर्वोच्चले एमालेको दशौं महाधिवेशन आयोजक समितिले गरेको कारबाहीलाई अमान्य ठहर गर्दै सांसदहरुलाई पुनर्बहाली गरेको थियो ।



सम्बन्धित
Loading...