दार्जुलाको लास्कु खोलामा पाइपभित्र अड्किएर दुई बालकको मृत्यु




दार्चुला, असार ८ । दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ बंगाबगडको लास्कुखोलामा होम पाइपभित्र अड्किएर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलंगा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुवर रहेका छन् ।




महाकाली लोकमार्ग, दार्चुला तिंकर सडक अन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरवल पूलभित्र राखिएको होम पाइपमा अड्कीएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

मंगलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर होमपाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ ।
बालकहरुको शवलाई जेसिभी लगाएर निकालिएको थियो ।



सम्बन्धित
Loading...