जंगली च्याउ खाएर नवलपुरमा दुई जना विरामी
नवलपुर । पूर्वी नवलपरासीमा जंगली च्याउ खाएर दुई जना विरामी भएका छन् ।
नवलपुर प्रहरीका अनुसार हुप्सेकोट गाउँपालिका ४ निवासी २४ बर्षीय कनमाया राना र सोही ठाउँका २४ बर्षीय प्रिती खड्का विरामी परेका हुन् ।
मंगलबार जंगलबाट ल्याएको च्याउ खाएका उनीहरु विरामी परेका हुन् । उनीहरुको अहिले मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
