पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने विपक्ष गठबन्धनका नेताहरु देउवा निवासमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी दलका नेताहरु भेला भएका छन् ।
देशको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न विपक्ष गठबन्धनको दलका नेताहरु छलफलमा जुटेका हुन् ।
बुधबारबाट नै प्रतिनिधिसभा विघटनविरुद्ध र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्नुपर्ने रिटमाथिको नियमित सुनुवाइ सुरु भएकाले यो विषयमा पनि छलफल हुने बताइएको छ ।
मंगलबार मात्रै विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए ।