देवचुली नगरपालिकाको कोभिड व्यवस्थापनमा पहिलो प्राथमिकता (नीति तथा कार्यक्रमको पूर्ण पाठ सहित) 




रामकुमार श्रेष्ठ  – 

नवलपुर । पूर्वी नवलपरासीको देचवुली नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा कोभिड १९ र यस्तै अन्य महामारी व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छ ।




देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षका लागि नगरपालिकाको नवौं नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण एवं अन्य विपद् व्यवस्थापन पहिलो प्राथमिकता भएको बताए ।

त्यसैगरी आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र सुशासन, सेवा प्रवाह तथा संस्थागत विकासलाई पनि उच्च प्रथामिकतामा राखेको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्षको लागि कोभिड व्यवस्थापनकै लागि मात्र १ करोड ५० लाख विनियोजन गरेको छ ।

नगरप्रमुख श्रेष्ठद्वारा पेश गरिएको नीति तथा कार्यक्रममा कोभिड–१९ विरुद्व खोपको व्यवस्थापनको लागि संघीय र प्रदेश सरकारसँग आपसी समन्वय गर्ने र माहामारी बाट बच्न सचेतनामूलक  कार्यक्रमहरु संचालन गरिने, कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारको लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको १५ शैयाको अस्थायी कोभिड अस्पताल संचालन रहेकोमा यसलाई महामारी नियन्त्रण समयसम्म निरन्तरता दिइने उल्लेख गरिएको छ ।

त्यसैगरी कोभिड–१९ बाट संक्रमित गरिब तथा असाहयहरुलाई उपचारको लागि विशेष व्यवस्था गरिने, कोभिड महामारी नियन्त्रण नभएसम्म नगरस्तरीय आइसोलेसन कक्ष सञ्चालनमा निरन्तरता दिइने, नगरस्तरीय विपद् व्यवस्थापन समिति लगायत अन्य सरोकारवालाहरुसँग समन्वय गरी विपदसँग जुध्न गर्नको लागि विपद पूर्व कार्ययोजना तयार गरिने, विपत व्यवस्थापन कोषमा आवश्यकता अनुसारको बजेटव्यवस्था गरिने उल्लेख गरिएको छ ।

 

 

देवचुली नगरपालिकाका नगर प्रमुखश्री पूर्ण कुमार श्रेष्ठद्वारा आठौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्ण पाठ

नगर उप प्रमुखज्यू,

प्रमुख प्रशासकीय अधिकृत ज्यू,

नगरसभाका सदस्यज्यूहरु,

नगर सभामा उपस्थित विषयगत शाखा प्रमुख तथा सम्पूर्ण कर्मचारी मित्रहरु,

सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत अन्य उपस्थित महानुभावहरु ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरका कारण सिर्जित विषम परिस्थितिका बीचमा नगरबासीको जीवनरक्षा गर्र्दै विकास निर्माणलाई अगाडी बढाउने संङ्कल्प सहित यस आठौं नगरसभामा आर्थिक बर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुतिका लागि उपस्थित भएको छु ।

जनताको लामो संघर्षबाट प्राप्त वलिदान स्वरुप संविधानले शासकीय शत्तालाई तल्लो तहसम्म पु¥याई प्रत्येक नागरिकलाई स्वशासन र आत्मनिर्णयको अधिकार सुनिश्चत गरेअनुसार देवचुली नगरपालिकाको स्थानीय सरकारको हैसियतले  आफ्नो अधिकारको उच्चतम प्रयोग गर्ने गरी नागरिकहरुका अधिकार संरक्षण र संवर्धन गर्र्न अघिवढीरहेको यस अवसरमा मूलुकमा भएका विभिन्न ऐतिहासिक जनआन्दोलन तथा विभिन्न आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्वान्जली व्यक्त गर्न चाहन्छु। साथै समाज रुपान्तरणका लागि अग्रपङतीमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने अग्रज र  योद्वाहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु।

विश्वव्यापी रुपमा देखा परेको कोभिड–१९ ले मानव जनजीवनमा प्रतिकुल असर परेको छ । यस महामारीबाट संक्रमित भई स्वदेश तथा विदेशमा जीवन गुमाउनु भएका नेपाली नागरिकहरु मुलतः देवचुली नगरवासी प्रति हार्दिक श्रद्वान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु । संक्रमित सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

कोरोना महामारीको उच्च जोखिमको परिस्थितिमा अग्रपंत्तिमा रहेर  सेवा गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक,राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि तथा कार्यकर्ताहरु, स्वयंसेवक, नागरिक समाज, पत्रकार लगायत सम्पूर्ण जनप्रतिनिधि तथा राष्ट्रसेवकहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।

यसमहामारीको रोकथाम र नियन्त्रणका लागि संघीय सरकार र प्रदेश सरकारबाट भएको मार्गदर्शन तथा समन्वय र सहयोगको लागि आभार प्रकट गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सहयोग गर्नु हुने सम्पुर्ण नगरबासी दाजुभाई तथा दिदी–बहिनीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।

कोरोना महामारीको दोस्रो लहरमा देखिएको उच्च जोखिमलाई मध्यनजर गरी यस नगरसँग हातेमालो गरी सहयोगी सामाग्रीहरु उपलब्धगराउनुहुने विभिन्न व्यक्ति तथा सहयोगी संस्थाहरु प्रति हार्दिक आभार प्रकट गर्दैआगामी दिनमा समेतसहकार्य र समन्वय गर्दै दृढताका साथ अगाडि वढ्ने प्रतिवद्धता जाहेर गर्दछु ।

सभाका सदस्यज्यूहरु,

नेपालको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य प्रचलित कानून एवं संघीय सरकार र प्रदेश सरकारको मार्गदर्शन र नीति, पन्ध्रौ राष्ट्रिय योजना, दिगो विकासको लक्ष्य र जन निर्वाचित प्रतिनिधि मार्फत मुखरित जनभावनालाई आत्मसात गरी निर्वाचित नजप्रतिनिधिहरुको आपसी समन्वयमा यो नीति तथा कार्यक्रम तयार गरिएको छ ।

विश्व कोरोना महामारीको दोस्रो लहरबाटप्रभावित भइ सिङ्गो राष्ट्र सँगै यस नगर पनि यो विपत्ति सँग जुधिरहेको छ । हाल अधिकांश देशभरी निषेधाज्ञा जारी भई आय आर्जन र सामाजिक जीवनमा आएको अवरोधलाई व्यवस्थापन गर्नु पर्ने महत्वपूर्ण चुनौती देखिएको छ । कोरोनाको महामारीमा  नागरिकको जीवन रक्षानै नगरको पहिलो प्राथमिकता भएकोले नीति तथा कार्यक्रम र बजेट निर्माणमा समेत कोभिड व्यवस्थापनलाई विशेष प्राथमिकतामाराखिएकोछ ।  सिमित स्रोत र साधनबाट असिमित आवश्यकताहरुलाई सम्वोधन गर्दैअधिकतम उपलव्धी हासिल गरी अधिकांश नगरबासीहरुको मुहारमा खुसी ल्याउने प्रयत्न स्वरुप गरीव नगरवासीहरु प्रति ध्यान केन्द्रित गरी नीति, कार्यक्रम तथा बजेट निर्माणमा प्राथमिकता दिइएको छ ।

सभाका सदस्यज्यूहरु,

चालु आ.व मा संचालन गर्ने भनिएका कतिपय योजना÷कार्यक्रम निषेधाज्ञाका कारण पूर्णता पाउन सकेनन भने नगरको आन्तरिक राजश्व एवम् संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त हुनु पर्ने राजश्व बापतको रकम न्यून मात्रमा प्राप्त भएको कारण विकास निर्माणका कार्यहरु प्रभावित हुन पुगेको तितो यथार्थ हामी सवैलाइ अवगत नै छ ।  यस कठिन परिस्थितिमा समेत कोभिड संग जुध्दै यस अवधिमा केही महत्व पूर्ण कार्यहरु भएका छन् ती मध्ये कतिपय कार्य सम्पन्न र कतिपय कार्यान्वयनका अन्तिम चरणमा रहेका छन।

अब म चालु आ.व.२०७७÷०७८ मा भए गरेका महत्वपूर्ण विकास निर्माण तथा अन्य गतिविधिहरुका वारेमा संक्षिप्त जानकारी गराउन चाहन्छु ।

ड्ड कोभिड संक्रमितलाई उपचार गर्नको लागि १५ शैयाको अस्थाई कोभिड अस्पताल दुम्कैली प्रा.स्वा. केन्द्रमा २४ सै घण्टा संचालनमा ल्याइएको छ । स्वास्थ्यकर्मीहरुबाट  होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई मनोवैज्ञानीक परामर्श सहित स्वास्थ्य सेवा, औषधि उपचार लगायत आवश्यक सर सल्लाह र सुझाव प्रदान गर्ने कार्य दैनिक रुपमा निरन्तर चलिरहेको छ ।

ड्ड कन्ट्रायक्ट ट्रेसिङलाई व्यापक बनाई  पिसिआर र एन्टीजेन्ट परिक्षणको दायरा फराकिलो गराइएको  छ ।

ड्ड यस नगरपालिका क्षेत्रभित्र विभिन्न वडाहरुमा ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा उपलव्ध भइरहेको छ भने अन्य ६ वडा वडाहरुमा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेका छन ।

ड्ड दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको आधारभूत अस्पताल निर्माणको लागि ठेक्का सम्झैता भई निर्माण कार्य थालनीको चरणमा रहेको छ।

ड्ड नगरको लामो समय देखि चुनौतिको रुपमा रहेकोे फोहोरमैला व्यवस्थापन कार्य नीजि क्षेत्र सँगको सहकार्यमा आगाडी बढाइ व्यवस्थापन गरिएको छ ।

ड्ड चालु आ.व मा ९.५ किमी भन्दा बढी सडक कालोपत्रे सम्पन्न भइ सकेको छ भने कतिपय सडक मर्मतको लागि कार्यान्वयनको चरणमा रहेको छ।

ड्ड देवचुली डाँडामा सोलारद्वारा खानेपानी लिफ्टिङ योजनाबाट पानी संकलनको कार्य शुरुवात भइ सकेको र सो सम्वन्धी थप कार्यहरु कार्यान्वयनका चरणमा रहेको छ ।

ड्ड यस नगरपालिका क्षेत्रको वडा नं. १३, १५ र १७मा २४ वटा सुरक्षित आवास भवन निर्माण कार्य सम्पन्न भइ सकेको छ।

ड्ड भाट भटेनी देखि बाह्राकोल वेलस्वारा सम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ

ड्ड वडा नं १० मा नगरस्तरीय रंगशाला निर्माणको लागि डीपिआर तयार भइ सो सम्बन्धी निर्माण कार्य प्रारम्भ भइ सकेको छ।

ड्ड भूमि सम्बन्धि समस्या समाधान आयोगसँग सम्झैता गरी भुमिहिन दलित, भुमिहिन

सुकुम्बासि र अव्यबस्थित बसोबासीहरुको तथ्याङ्क संकलन गरी प्राणालिमा प्रविष्टी गर्ने

कार्य भईरहेको छ।

ड्ड लघु उद्यम विकास अन्तर्गत वडा नं १, २, ४, ५ ,१३ र १५ मा विभिन्न तालिम कार्यक्रम

गरी स्थानीय नगरवासीहरुलाइ सीपयुक्त तालिम प्रदान गरिएको छ ।

ड्ड दुध उत्पादनमा आधारित कृषकलाई प्रतिलिटर ५० पैसाका दरले अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनको अवस्थामा रहेको छ।

ड्ड कृषकहरुलाई असल अभ्यास दुध उत्पादन अन्तर्गत व्यवसायिक गाईभैसी फर्महरुलाई

आवश्यक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

ड्ड कृषि सेवा अन्तरगत कृषि समूहसंगको सहभागीतामा कृषि यन्त्र उपकरणमा साझेदारी

गराइ मकै प्रवर्धन कार्यक्रम अन्तर्गत कस्टम हेयरिङ सेन्टर स्थापना भई संचालनमा

आएको छ ।

ड्ड गाउँ गाँउमा सामुहिक तरकारी नर्सरी स्थापना कार्यक्रम सम्पन्न भइसकेका छन् ।

ड्ड प्रत्येक वडामा विषादी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरि आर्गेनिक तरकारी उत्पादनका

लागि प्रयत्न गरिने छ।

ड्ड नगरपालिका कार्यालय परिसर कम्पाउन्डिङ, नगर भिडीयो प्रोफाइल निर्माण, नगरपालिका

कार्यालयमा सिसिटिभि जडान र केहि वडा कार्यलयहरुमा विद्यतीय सूचना पाटी राख्ने

कार्यहरु मध्ये कतिपय कार्यक्रम सम्पन्न भएका छन भने कतिपय कार्यक्रमहरु अन्तिम

चरण रहेका छन् ।

ड्ड विद्यालयमा शिक्षकहरुको दरवन्दी मिलान गरी थप भइ आएका शिक्षकहरुलाइ क्रमशः

पदस्थापन गर्ने कार्य भइरहेका छन् ।

ड्ड आइ सि टि शिक्षकहरुलाइ क्षमता विकासका कार्यहरु सम्पन्न भइ सकेका छन् ।

ड्ड कतिपय विद्यालयहरुलाइ आइसिटि सेवाका लागि कम्पुटर उपलव्ध गराइसकिएको छ ।

 

सदस्य महानुभावहरु,

अब म आगामी वर्ष २०७८÷०७९ को लागिदेहायका प्रमुख क्षेत्रलाई आधार लिईनीति, कार्यक्रम तथा बजेट  निर्माण गरिएको छ ।

क) कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण एवं अन्य विपद् व्यवस्थापन

ख) आर्थिक विकास,

ग)  सामाजिक विकास,

घ) पूर्वाधार विकास,

ङ) सुशासन, सेवा प्रवाह तथा संस्थागत विकास ।

 

क) कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण एवं अन्य विपद् व्यवस्थापन क्षेत्र

ड्ड कोभिड–१९विरुद्व खोपको व्यवस्थापनको लागि संघीय र प्रदेश सरकार सँग आपसी समन्वय गर्ने र माहामारी बाट बच्न सचेतनामूलक  कार्यक्रमहरु संचालन गरिनेछ ।

ड्ड कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारको लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको १५ शैयाको अस्थायी कोभिड अस्पताल संचालन रहेकोमा यसलाई महामारी नियन्त्रण समय सम्म निरन्तरता दिइनेछ ।

ड्ड कोभिड–१९ बाट संक्रमित गरिब तथा असाहयहरुलाई उपचारको लागि विशेष व्यवस्था गरिनेछ ।

ड्ड कोभिड महामारी नियन्त्रण नभएसम्म नगरस्तरीय आइसोलेसन कक्ष सञ्चालनमा निरन्तरता दिइने छ ।

ड्ड नगरस्तरीय विपद् व्यवस्थापन समिति लगायत अन्य सरोकारवालाहरुसँग समन्वय गरी विपदसँग मुकाविला गर्नको लागि विपद पूर्व कार्ययोजना तयार गरिने छ ।

ड्ड विपत व्यवस्थापन कोषमा आवश्यकता अनुसारको बजेटव्यवस्था गरिनेछ  ।

ड्ड विपद्समाधान र विकास निर्माणका कार्यमा युवा परिचालनको नीतिलाई जोड दिइने छ

ड्ड सबै वडा कार्यालयमा विपद–व्यवस्थापनका लागि आधारभूत सहयोगी सामाग्रीको व्यवस्था मिलाउने गरी समन्वय गरिने छ ।

ड्ड आगलागि जन्य विपदको निवारणका लागि नगर क्षेत्रलाइ खरको छानो मुक्त घर निर्माण कार्यक्रमलाई अन्य निकायसंग समन्वय गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

ड्ड नगरक्षेत्रभित्रका ठूला  विपद्जन्य घटनाको सहयोगका लगि अन्य निकायसंग समन्वय गरी आवश्यक पहल गरिनेछ ।

 

ख) आर्थिक विकास ः

सहकारी क्षेत्र ः

ड्ड सहकारीहरुको संस्थाहरुको क्षमता विकास गर्नको लागि विभिन्न तालिमहरु संचालन गरि नगर क्षेत्र भित्रका सहकारीहरुलाइ सक्षम बनाउने तर्फ प्रयात्न गरिने छ ।

ड्ड सहकारी संस्थाहरु सूचना प्रणालीमा आधारित रही संचालन गर्नको लागि कोपोमिक्स सिस्टमा ल्याइनेछ ।

ड्ड नगरस्तरीय सहकारी सञ्जालको  सक्रियता बढाइने छ ।

ड्ड एउटै प्रकृतिका सहकारी संस्थालाई एकीकरण गर्ने कार्य अगाडी बढाई ठुला तथा सक्षम सहकारी संस्थाको व्यवस्थापन गरिने छ ।

ड्ड सरकारी, नीजि क्षेत्र र  सहकारी बिचको सहकार्य र साझेदारीमा उत्पादन र  सेवामूलक उद्योग व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गरिने छ ।

ड्ड नियमित अनुगमन गर्दै सहकारीसंस्थाहरुको संस्थागत सुशासन कायम गरिनेछ ।

ड्ड सहकारी संस्थाबाट भए गरेका क्रियाकलापहरु समयमै नगरपालिकामा जानकारी गराउने व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा ल्याईने छ ।

 

उद्योगक्षेत्रः

ड्ड स्थानीय स्रोत र साधन, सीप, प्रविधि र श्रममा   आधारित उद्योगको प्रवर्धन गर्न जोड दिइनेछ ।

ड्ड लघु तथा घरेलु उद्योगलाई प्रोत्साहन गरिनेछ । यस्ता उद्योग सञ्चालनको लागि आवश्यक तालिमहरुको व्यवस्था गरी स–साना उद्यमबाट आय आर्जनमा सहयोग पुग्ने वातावरणको सिर्जना गर्ने तर्फ पहल गरिने छ ।

ड्ड उपभोक्ता र उत्पादक बिचको सुमधुर सम्बन्ध कायम राख्न नजिकका व्यापारी तथा बजारसँग समन्वय गरिनेछ ।

ड्ड उपभोक्ताको अधिकार संरक्षणका लागि उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरिउत्पादित बस्तु तथा सेवाको गुणस्तरमासुधार, बजार अनुगमन समेतका विधि अवलम्वन गरी स्थानीय उत्पादनका सामाग्रीहरुको उचित प्रवन्ध मिलाइने छ ।

ड्ड नगरभित्र संचलनमा रहेका उद्योग तथा अन्य व्यवसायिहरुको दर्ता, नविकरणको लागि उद्योग बाणिज्य संघसँग आवश्यक समन्वय गरिन छ ।

ड्ड उद्योग तथा वाणिज्य क्षेत्रले समाजमा निर्वाह गर्नु पर्ने व्यवसायिक सामाजिक उत्तरदायित्वका बारेमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिने छ ।

पर्यटन क्षेत्र ः

ड्ड नगरभित्र सञ्चालनमा रहेका होमस्टेको प्रचार प्रसार तथा प्रवर्धन गरि आन्तरिक पर्यटनविकासमा सुधार गरिने छ ।

ड्ड पर्यटन क्षेत्रको विकास र प्रर्वधन गर्न आवश्यक कानूनी र नीतिगत व्यवस्था गरिनेछ ।

ड्ड नगरभित्र रहेका मगर, थारु, बोटे, माझी लगायतका समुदायका लोकसंस्कृति, रितिरिवाज, रहनसहन र परम्पराको संरक्षण र सम्बर्धन गरिने छ ।

ड्ड देवचुलीडांडा पर्यटन पूर्वधार निर्माण कार्यमा विशेष ध्यान दिइनेछ ।

ड्ड घुमाउरी पिक्निक स्पोटलाई थप पर्यटकीय रोजाईको गन्तव बनाउन घुमाउरी पर्यटन पूर्वधार विकास कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि तालुक निकायसँग समेत समन्वय गरिने छ ।

ड्ड नगरभित्र  पर्यटकीय  सम्भावना बोकी ओझेलमा परेका पर्यटकीय गन्तव्यको खोजी गर्दै त्यस्ता स्थानको  विकास र प्रवर्धन गरिनेछ ।

ड्ड पर्यटन पूर्वधार विकासमा स्थानीय संघ संस्था, समुदाय तथा नीजि क्षेत्रको नेतृत्व तथा सहभागितालाई प्रोत्साहन गर्ने नीति अबलम्वन गरिने छ ।

 

राजश्व व्यवस्थापनक्षेत्र ः

ड्ड कोभिड १९ को कारण व्यापार व्यवसाय लगायत सम्पूर्ण अर्थतन्त्रमा प्रतिकूल असर परेकोले रहेको दर वृद्धि नगरी राजश्वका दर फराकिलो बनाइ आन्तरिक आम्दानी वढाउने तर्फ प्रयत्न गरिने छ ।

ड्ड जनप्रतिनिधिहरु निर्वाचित भई पदबहाली भएको अवधि देखि आ. व.२०७७÷०७८ सम्म दर्ता भई संचालनमा रहेका सम्पूर्ण व्यवसायहरुलाई २०७८ पौष मसान्त सम्म नविकरण भएमा हर्जना बापतको रकम मिनाहा गरिने छ ।

ड्ड घरबाहाल कर, व्यवसाय कर लगायत अन्य सम्पूर्ण क्षेत्रलाई करको दायरामा ल्याउने प्रयात्न गरिने छ । कोभिड १९का कारण व्यापार व्यवसाय संचालन गर्न नसकिएको हालको अवस्थामा नगरवासी तथा व्यवसायीमा पर्नगएको समस्यालाइ मध्यनजर गरी २०७८ पौष मसान्त भित्र तोकिएको कर दस्तुर बुझाउनेलाइ २० प्रतिशत रकम छुट दिने व्यवस्था मिलाइने छ ।

ड्ड कर प्रशासनलाई चुस्त, सरल र प्रविधिमैत्री बनाई अधिकतम सहभागिता तथा सुनिश्चित गरिनेछ ।

ड्ड करदाताको विवरण विद्युतीय माध्यमद्वारा एकिकृत कर प्रणालीमाआवद्ध गरी व्यक्तिगत कर पहिचान नम्वर प्रदान गर्ने तर्फ प्रयात्न गरिने छ ।

ड्ड राजश्व प्राणालीलाई आधुनिक प्रविधिको प्रयोग मार्फत न्यायपूर्ण एवं पारदर्शी बनाई नगरको आन्तरिक आय बढाउनप्रयत्न गरिने छ ।

ड्ड नगरक्षेत्र भित्र संचालित आर्थिक कारोवार गर्ने विभिन्न संघ संस्थाहरुसँग आवश्यक समन्वय गरी राजश्व संकलन गर्ने प्रयत्न गरिने छ ।

ड्ड राजश्व सुधार कार्ययोजना तयार गरी आन्तरिक आम्दानी वढाउने प्रयासलाई निरन्तरता दिइने छ ।

रोजगार तथा उद्यमशिल क्षेत्र ः

ड्ड युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना प्रभावकारी रुपमा कर्यान्वयनमा ल्याइनेछ ।

ड्ड रोजगार सेवा केन्द्र मार्फत बेरोजगारहरुको सूचि संकलन गरी स्थानीय तहमा संचालन हुने विकास निर्माण कार्यमा सहभागी गराई समुदायका वेरोजगार व्यक्तिहरुलाइ रोजगार दिने कार्यक्रमलाई निरन्तरता दिइने छ ।

ड्ड विभिन्न निकायसंगको समन्वयमा सीप विकास सम्वन्धी तालिम संचालन गरी उनीहरुले आर्जन गरेको सीपलाई उद्यमशिलतासँग जोड्न आवश्यक पहल गरिने छ ।

ड्ड नगरभित्र संचालित बंैक तथा बित्तिय संस्थाहरुसँग आपसी समन्वय र सहकार्यबाट लघु तथा साना उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गरिनेछ ।

 

कृषि सुधार क्षेत्र

ड्ड एक घर एक फलफुल बिरुवा बितरण कार्यक्रमलाई निरन्तरता  दिइनेछ ।

ड्ड एक वडा एक वाली पकेट क्षेत्रको कार्यक्रम संचालनका लागि निरन्तरता दिइने छ ।

ड्ड खाद्यन्न बाली बिउमा आत्मनिर्भरताका लागि मुल बिउ बितरण तथा बिभिन्न बालीहरुको बिउमा अनुदान उपलब्ध गराइने छ ।

ड्ड नयाँ बालीको परीक्षण गरी कृषक माझ पु¥याउने नीति लिइने छ ।

ड्ड बिषादी न्युनिकरण अभियान सञ्चालन गरिने छ ।

ड्ड मह,दुध र मासुमा अत्मनिर्भर बनाई  प्रशोधन तथा निर्यातमा पहल गरिने छ ।

ड्ड माटो परीक्षण गरी चुन तथा जिप्सनको प्रयोगमा अनुदानको ब्यवस्था गरिने छ ।

ड्ड स्थानीय बिउको संरक्षण र सम्वर्धन गरिनेछ ।

पशु सेवामा सुधार ः

ड्ड गाई,भैसी,बाख्रा, बंगुर, कुखुराको पकेट क्षेत्रलाई थप सहयोग तथा सुदृढ बनाईनेछ ।

ड्ड गाई, भैसी, बाख्रा, बंगुरको कृत्रिम गर्भाधान तथा उन्नत नश्लसंग प्राकृतिक गर्भाधान मार्फत नश्ल सुधार गरिनेछ ।

ड्ड पशुपन्छीको आधारभुत प्रयोगशाला स्थापना गरिनेछ ।

ड्ड पशुपन्छीपालक कृषकहरूको ज्ञान, सीप र क्षमता बिस्तार गरिनेछ ।

ड्ड स्वच्छ र गुणस्तरीय पशुजन्य पदार्थको उत्पादनलाई प्रोत्साहन गरिनेछ ।

ड्ड पशुपालक कृषकहरूलाई बर्षैभरी हरियो घांस उत्पादन गर्न प्रोत्साहन गरिनेछ ।

ड्ड पशुपन्छीपालक कृषकहरूलाई पशुपन्छीका आन्तरिक तथा बाह्य परजीबी बिरूद्धका औषधीहरू निःशुल्क उपलब्ध गराईनेछ ।

ड्ड पशुपन्छी बिमा कार्यक्रमलाई बिस्तार र सर्वसुलभ बनाउन तालुक निकायसँगको समन्वय समेतबाट बिमाको प्रिमियममा ५० प्रतिशत अनुदान उपलब्ध गराईनेछ ।

ड्ड देवचुली नगरपालिकालाई पुर्ण खोरेत खोप युक्त नगर बनाईनेछ ।

ड्ड घरपालुवा र सामुदायिक कुकुरहरूलाई रेवीज रोग बिरूद्ध खोप कार्यक्रम संचालन गरिनेछ ।

ड्ड व्यवसायिक गाईभैसीपालक कृषकहरूलाई कृषि यान्त्रीकरण कार्यक्रममा लागत साझेदारी प्रकृयामा समावेश गरिनेछ ।

ड्ड कृषक दर्ता, अभिलेखिकरण तथा कृषक परिचय पत्र उपलब्ध गराईनेछ ।

ड्ड पशु सेवा कार्यक्रम संचालन निर्देशिका तथा कार्यविधि निर्माण गरिनेछ ।

 

ग) सामाजिक विकास क्षेत्र

महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गका क्षेत्र ः

ड्ड जेष्ठ नागरिकहरु समाजका अगुवा तथा अभिभावक हुन् । वहाँहरुमा उमेर बढ्दैजाँदा आउने नैराष्यतालाई कम गर्न तथा आर्थिक, शारीरिक, मानसिक रुपमा कमजोर जेष्ठ नागरिकहरुलाई उहांहरुले दिएको योगदानको कर गर्दैसम्मान  गरिने छ ।

ड्ड जेष्ठ नागरिकहरुको मनोरञ्जन घुमफिरका लागि अन्तरवडा स्तरीय भ्रमण कार्यक्रम र राज्यले लिएको नीति अनुसार सामाजिक सेवा दिवस र अल्जाईमर दिवस मनाउने कार्यक्रम संचालन गरिनेछ ।

ड्ड महिलाहरुको आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक विकासकालागि महिला सशक्तिकरण कार्यक्रम संचालन गरिने छ ।

ड्ड महिलाहरुको आम्दानी वृद्धी गर्ने खालका रोजगारमुलक, उद्यमशिलता र व्यवसायिक क्रियाकलापहरु संचालन गरिने छ ।

ड्ड घरेलु हिंसाबाट पिडित अति विपन्न महिलाको सहयोगका लागि लैङ्गिक हिंसा निवारण कोष स्थापना र संचालन गरिने छ ।

ड्ड घरेलु हिंसा  न्युनिकरण गर्न घरेलु हिंसा सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन गरिनेछ ।

ड्ड मानव बेचविखन सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ ।

ड्ड बालबालिकाको विकास र अधिकारका लागि तालिम सचेतना मुलक कार्यक्रम र बाल दिवस,बालमैत्री घोषणाको पुनरावलोकन, बाल श्रम विरुद्धको अन्तराष्ट्रिय दिवस जस्ता कार्यक्रम संचालन गरिने छ ।

ड्ड बालिकाहरुका लागी महिनावारीमा व्यतिmगत सरसफाईकालागि सेनेटरी प्याड निर्माण सम्वन्धी तालिम संचालन गरिने छ ।

ड्ड अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि अपाङ्गता परिचयपत्र वितरण, सचेतनामुलक कार्यक्रम र तालिमहरुलाइ निरन्तरता दिनुका साथै अपाङ्गतामैत्री नीति निर्माण, अपाङ्गमैत्री भौतिक संरचना निर्माणको नीतिलाई नगरपालिका क्षेत्र भरिनै कार्यन्वयनका लागि पहल गरिने छ ।

ड्ड किशोर किशोरीहरुको क्षमता र सीप विकासका लागि लागु औषध दुव्र्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम र किशोरी आत्मरक्षा तालिम संचालन गरिने छ ।

ड्ड कोभिड –१९ बाट प्रभावित अति विपन्न, सुनौलो हजार दिनका आमाहरु रबालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन बहुक्षेत्रीय पोषण कार्यक्रमलाइ निरन्तरता दिइने छ ।

 

शिक्षाक्षेत्र ः

ड्ड सबै विद्यालयहरुलाई प्रविधि मैत्री बनाउने नीति लिइनेछ । यस नगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा कम्प्युटर तथा इन्टरनेट सेवा विस्तार गरी आइ सि टि मैत्री विद्यालय बनाइनेछ ।

ड्ड कोभिड – १९ को विषम परिस्थितिमा शैक्षिक क्षति न्यूनीकरण गर्न वैकल्पिक माध्यमबाट शिक्षणको लागि अनुदान रकम सहित प्रोत्साहन गरी प्रविधि विस्तार गरिनेछ ।

ड्ड बाल विकास केन्द्रहरुमा आवश्यक स्रोत¸ साधन र सिकाइ सामाग्रीको पर्याप्ततामा जोड दिइनेछ ।

ड्ड तालुक निकायसंग समन्वय गरी बालशिक्षाका शिक्षिकाको पारिश्रमिक सुविधा थपका लागि आवश्यक पहल गरिने छ ।

ड्ड शिक्षक दरवन्दी मिलानलाई पूर्णता  दिइनेछ ।

ड्ड आधारभूत तथा माध्यमिक तहमा नैतिक शिक्षालाई क्रमशः अनिवार्य गर्दै लागिनुकासाथै सामाजिक तथा नैतिक विषय अनिवार्य रुपमा नेपाली भाषामा अध्ययन अध्यापन गरिने छ ।

ड्ड विद्यालय शिक्षामा सूक्ष्म सघन अनुगमन¸ मूल्याङ्कन र निरन्तर सुधारको कार्यक्रम ल्याइनेछ ।

ड्ड नागरिकलाई आफ्नो हक अधिकार र कर्तव्य वोध गराउनुको साथै लैंगिक हिंसा घरेलु हिंसा¸दुव्र्यसनी लगायतका विषयमा जानकारी प्रदान गर्न नागरिक शिक्षाको प्रारम्भ गरिने छ ।

ड्ड सबै विद्यालयहरुमा विद्यालय वाल उद्धान निर्माण गर्ने नीति लिइनेछ र उत्कृष्ट वाल उद्धानलाई पुरस्कृत गरिने व्यवस्था मिलाइने छ ।

ड्ड अन्तर विद्यालय खेलकुद हाजिरीजवाफ लगायत विभिन्न प्रतियोगिताका कार्यक्रमहरुलाइ निरन्तरता दिइने छ ।

ड्ड देवचुली नगर क्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुलाई विद्यालय सुधार योजना सम्वन्धी तालिम कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

ड्ड विद्यालयहरुमा खानेपानी तथा शौचालयको सुविधा पर्याप्त बनाइने छ ।

ड्ड आधारभूत तहका विद्यालयहरुमा समेत क्रमशः विज्ञान प्रयोगशाला तथा पुस्तकालय स्थापना गरिनेछ ।

ड्ड कक्षाकोठाको मापदण्ड बनाई कार्यान्वयनमा जोड दिइनेछ ।

ड्ड विद्यालय शिक्षणमा शैक्षिक सामाग्री र पाठ योजनाको कार्यविधि बनाई अनिवार्य रुपमा लागु गरिनेछ ।

ड्ड विद्यालय एकिकरण गरी ठूला विद्यालय निर्माणको नीतिलाई निरन्तरता दिइनेछ ।

ड्ड नगर स्तरीय परीक्षा प्रणालीलाई अझै बढी व्यवस्थित गरिनेछ  साथै कक्षा ५ को स्तरिकृत परीक्षाको माध्यमबाट आधारभूत शैक्षिक उपलब्धि सुधारमा जोड दिइनेछ ।

ड्ड नगरपालिकाको लागि आवश्यक जनशक्ति उत्पादन हुने गरी उच्च शिक्षाको नीति तयार गरी क्याम्पस र नगरपालिका बीच अध्ययन अनुसन्धान कार्यमा सहकार्य गरिनेछ ।

ड्ड विद्यालयको अध्ययन अध्यापनको लागि तोकिएको समय भन्दा बाहेक कोचिङ¸ट्युसन जस्ता थप शिक्षण विधिलाई निरुत्साहित गरी विद्यार्थीहरुलाई सिर्जनशिल हुन र खेलकुद व्यायम लगायत सामाजिक सास्कृतिक कार्यमा सहभागी गराउन आवश्यक स्रोत र सामाग्रीको व्यवस्था मिलाइनेछ ।

ड्ड शिक्षकहरुबीच प्रतिस्पर्धाको भावना विकास गरी कार्यसम्पादनको आधारमा पुरस्कार र सजायको व्यवस्था गरिनेछ ।

ड्ड विद्यालयका पाठ्यक्रम र पाठ्यपुस्तकमा एकरुपता ल्याइनेछ ।

ड्ड विद्यालय भवन भुकम्प प्रतिरोधी मापन गरी पुर्नसबलिकरण गर्ने नीति लिइनेछ ।

ड्ड खेलकुदका क्षेत्रमा रुची राख्ने युवाहरुलाइ प्रतियोगितात्मक खेलको व्यवस्था मिलाइ उत्कृष्ठ खेलाडीहरुलाइ पुरस्कृत गर्ने व्यवस्था मिलाइएको छ ।

 

स्वास्थ्यक्षेत्र ः

ड्ड हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको कोभिड–१९ को प्रकोप यस नगरपालिकामा समेत फैलिएको र अन्य डेगुं,,मलेरिया जस्ता सरुवा रोगहरु फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित प्रकोप रोकथाम,नियन्त्रण तथा ब्यबस्थापनका लागि १७ वडाकै टोलबिकास सस्थालाई अभिमुखीकरण गराई आवश्यक सम्पूर्ण तयारी सहित बजेट व्यवस्था गरिनेछ ।

ड्ड हाल यस नगर भित्र संचालनमा रहेको १ प्राथमिक स्वास्थ्य केन्द्र,३ वटा स्वास्थ्य चौकी, ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र बाट प्रवाह गरिने सेवालाई निरन्तरता दिइ भबन निर्माण भइसकेका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा संचालनको व्यवस्था मिलाइ थप सुविधाको लागि संघ र प्रदेश सरकारसंग पहल गरि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

ड्ड दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको अस्पतालमा स्तरबृद्धि भएको तर ओ.एन.एम.सर्भे र दरबन्दीको व्यबस्थापन हालसम्म नभएकोले सम्बन्धित निकायमा  पहल गरि २४ सै घण्टा सेवा संचालन गर्न आवश्यक व्यवस्था मिलाईने छ ।

ड्ड कुपोषित बालबालिकाहरुको सघन उपचारलाई थप प्रभावकारी बनाई १ देखि १७ वडाका ५ वर्ष मुनिका बालबालिकालाई पोषण स्क्रिनिंग गरि कुपोषण मुक्त बालबालिका रहेको नगरपालिका बनाउने प्रयत्न जारी राखिने छ ।

ड्ड जेष्ठ नागरिक,अपाङ्ग,किशोर किशोरीहरुलाई दुर्गम र स्वास्थ्यको पहुँच कम भएका गाउँहरुमा घुम्ती स्वास्थ्य शिबिर संचालन गरी रगतमा चिनीको मात्रा जाँच र निशुल्क औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

ड्ड आ.ब.२०७६÷०७७ मा नगरभित्रका छ वटा वडामा महिलाहरुको पाठेघरको क्यान्सरको  स्क्रिनिंग जाँच तथा पाठेघर खस्ने रोगको शिबिर ज्यादै प्रभावकारी रहेको र महिला प्रजनन स्वास्थ्य समस्याको बारेमा एउटा तथ्यपूर्ण अनुसन्धान साबित भएकोले गण्डकी प्रदेश सरकारको समन्वयमा यस कार्यक्रमलाई  निरन्तरता दिइनेछ ।

ड्ड नयाँ भेरियन्टको कोभिड–१९ लगाएतका अन्य महामारी तथा प्रकोपजन्य रोग नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुलाई बिशेष प्रोत्साहन उपलब्ध गराई समय समयमा गरिदै आएको पी.सि.आर. को स्वाब कलेक्शन,एन्टीजेन परिक्षणलाई निरन्तरता दिइनेछ ।

ड्ड हाल संचालनमा रहेको सबै स्तरका स्वास्थ्य सस्थाहरुबाट प्रवाह हुने सेवालाई छिटो छरितो गुणस्तरीय बनाउनका लागि आवश्यक भौतिक पुर्बाधार, सबै स्वास्थ्य सस्थामा नेपाल सरकारबाट वितरण हुने निःशुल्क औषधिको पर्याप्त व्यवस्था र स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डलाई थप प्रभाबकारी बनाइनेछ ।

ड्ड नगरभित्र संचालनमा रहेका सामुदायिक तथा निजिअस्पताल,स्वास्थ्य क्लिनिक,मेडिकल,प्रयोगशाला,आयुर्वेद,चस्मा पसललाई अनिबार्य रुपमा दर्ता तथा नविकरण गराई स्वच्छ, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नियमित अनुगमन निरीक्षणका लागि आबश्यक सहयोगको व्यवस्था मिलाइनेछ ।

ड्ड नगरभित्र बिभिन्न वडामा स्वास्थ्य सम्बन्धि सेवा प्रबाहका मूल खम्बाका रुपमा रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुको उच्च मुल्यांकन गर्दै स्वास्थ्य स्वयं सेविकालाई प्रदान गरिदै आएको प्रोत्साहन भत्ता लगायत अन्य सुविधाहरुलाई निरन्तरता दिईनेछ ।

ड्ड स्वास्थ्य सस्था नभएका वडाहरुमा स्थापित आधारभूत स्वास्थ्य सेवा केन्द्रको संचालन खर्च आगामी आर्थिक बर्षमा केन्द्र सरकारबाट प्राप्त नभएकोले अत्याबश्यक स्वास्थ्यकर्मी बाहेकका जनशक्ति ब्यबस्थापन गरी आबश्यकताको आधारमा संचालन गर्दै लगिनेछ ।

ड्ड आ.ब.२०७८÷०७९ मा रजहर स्वास्थ्य चौकीमा बिरामीको चाप धेरै हुने भएकोले स्तरवृद्धिको लागि प्रदेश तथा केन्द्रमा पहल,एम्बुलेन्सको व्यवस्था र संचालित ल्याबलाई निरन्तरताको लागि आवश्यक पहल गरिनेछ ।

ड्ड चालु आ.व. मा संचालन भएका वडागत जेष्ठ नागरिक शिविरलाइ आगामी आ.व. मा समेत निरन्तरता दिइने छ ।

ड्ड स्वास्थ्य बिमा कार्यक्रम यस नगरपालिकामा लागु भै १७ वटै वडामा दर्ता सहयोगी छनौट गरि आबश्यक तालिम सहित दर्ताको लागि खटाई सकिएको र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो उपचार स्थलको रुपमा आवश्यक औषधि र स्वास्थ्यकर्मिको व्यवस्था मिलाइनेछ ।

ड्ड देवचुली नगरपालिका भित्र कम्तिमा ३० बेडको सुबिधा सम्पन्न आईसोलेशन बेडको स्थापना गर्न संघ र प्रदेशमा आवश्यक पहल गरिनेछ ।

ड्ड क्षयरोग,कुष्ठरोग,नसर्ने रोगहरु नियन्त्रणको लागि नियमित अनुगमन तथा सुपरिवेक्षण गरिनेछ ।

ड्ड उत्कृष्ठ काम गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई उच्च मनोबल सहित काम गर्न आगामी आर्थिक बर्षमा समेत प्रोत्साहन गरिने व्यवस्था मिलाइने छ ।

ड्ड घरमा सुन्य सुत्केरी कार्यक्रमलाई निरन्तरता दिइने छ ।

 

ङ) पूर्वधार विकास क्षेत्र ः

 

ड्ड अधुरा तथा क्रमागत योजनाहरुको कार्यान्वयनलाई निरन्तरता दिइनेछ ।

ड्ड विकासका पूर्वधार निर्माण गर्दा दिगो र वातावरणमैत्रि विकासमा जोड दिइनेछ ।

ड्ड नगरभित्र रहेका सिकर्मी, डकर्मीलाई तथा निर्माण व्यवसायिलाई भूकम्प प्रतिरोधि घर निर्माण सम्बन्धी  अभिमुखिकरण तथा तालिम संचालन गरी भूकम्पीय प्रतिरोधी घर निर्माण कार्यक्रमलाई कडाईका साथ लागु गरिनेछ ।

ड्ड नगरको गौरवको योजना रहेको नगर रिङरोड निर्माण कार्यलाई निरन्तरता दिईने छ ।

ड्ड ठूला तथा गौरवका  पुर्वाधार निर्माणका आयोजनाहरु संचालन गर्न संघीय सरकार र प्रदेश सरकारमा विशेष पहल गरिनेछ ।

ड्ड अनिवार्य नक्सा पास गराएर मात्र घर निर्माण गर्ने कार्यलाई प्रभावकारी रुपमा लागु गरिने छ ।

ड्ड सार्वजनिक सरोकारका भवनहरुको नक्सा पास गर्ने कार्यलाई अनिवार्यता दिने गरी त्यस्ता भवनहरुमा लाग्ने राजस्व रकम छुट दिने व्यवस्था  मिलाईने छ ।

ड्ड पूर्वाधार निर्माणमा सार्वजनिक नीजि साझेदारीलाई प्रथामिकतामा राख्ने नीति अवलम्बन गरिने छ ।

ड्ड खोलाहरुले कटान गरी क्षती पुर्याएको र जोखिम रहेको  ठाँउहरुमा तटबन्धन सम्बन्धी कार्यलाई अन्य निकायहरुसंग समेत समन्वय गरी आवश्यक पहल गरिने छ ।

ड्ड साना पूर्वाधार निर्माण तथा मर्मत संभार गर्नको लागि कोषको व्यवस्था गरिने छ ।

ड्ड नगरस्तरीय दररेट लाई पुनरावलोकन गरी गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकतामा दिईने छ

ड्ड उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरु निर्माण सम्पन्न पश्चात व्यवस्थापन र मर्मतसंभार गर्न स्वयं उपभोक्ताहरुलाई नै जिम्मेवार बनाउने नीति लिईनेछ ।

ड्ड पूर्वाधार निर्माण कार्यमा गुणस्तर कायम गर्नका लागि नगरपालिकामा ल्याबको स्थापना गर्न पहल गरिनेछ ।

ड्ड हाल गरिदै आएको सडक कालो पत्रे कार्यलाइ परिमार्जन गरी आगामी वर्ष देखि अस्फाल पीचको अवधारणा अनुसार कालोपत्रे गर्ने कार्यलाइ प्राथमिकता दिईने छ ।

ड्ड राजनीतिक दल, वडा समिति र टोल विकास संस्थाको सहभागितामा सार्वजनिकजग्गाको संरक्षण र सम्र्वधन गरिनेछ ।

ड्ड सडक, नाली लगायतका पूर्वाधार निर्माण गर्दा बिजुलिका पोल, तार र खानेपानी पाईपलाईनलाई व्यवस्थित गर्नको लागि सम्बन्धित पक्षहरुसँग आपसी समन्वय गरी कमलगानी र कम क्षति हुने गरी निर्माण कार्य गरिनेछ ।

ड्ड सडकमा रहेका सोलार बत्तीहरुलाई संचालनमा ल्याउनका लागि आवश्यक पहल गरिने छ ।

ड्ड आगामी आ.व. बाटठुला तथा बहुवर्षिय योजना बाहेक अन्य योजनाहरु क्रमागत योजनामा सार्ने प्रवृत्तीलाई निरुत्साहित गरिनेछ ।

ड्ड रोजगारी सृजना नहुने र मेसिनरी औजार प्रयोग नहुने योजना संचालन गर्न उपभोक्ता समितिलाई प्राथमिकता दिइने छ ।

ड्ड लागत अनुमान स्वीकृत पश्चात सम्झौता गर्ने र जनसहभागिता बराबरको रकम भन्दा बढी कार्य प्रगती भएपश्चात मुल्याङकनको आधारमा उपभोक्ता समितिलाई भुक्तानी दिने नीतिलाई जोड दिईनेछ ।

ड्ड सडकमा अनुचित ढंगले राखिएका निर्माण सामाग्रीको कारण आवगमनमा अवरोध गर्ने र दुर्घटना हुने हँुदा त्यस्तो व्यक्ति र निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइने छ ।

ड्ड पुर्वाधार विकास कार्यलाई व्यवस्थित गर्न पुर्वाधार परियोजना बैंक अवधारणा लागु गर्न पहल गरिनेछ ।

ड्ड योजनाहरुको रकमान्तर र संशोधन गर्ने कार्यलाई अतिआवश्यक भएमात्र नगरकार्यपालिकाको निर्णय गराएर गर्ने तथा रकमान्तर र संशोधनलाई सकेसम्म कम गर्दै लैजाने व्यवस्था मिलाइनेछ ।

 

च) सुशासन, सेवा प्रवाह तथा संस्थागत विकास क्षेत्रः

ड्ड नागरिक सेवा प्रवाहमा सुधार गर्दै मितव्ययी, पारदर्शी एवं उत्तरदायी प्रशासनमा जोड दिइनेछ ।

ड्ड नगरको आन्तरिक नियन्त्रण प्रणाली चुस्त र मजबुत बनाउन आन्तरिक नियन्त्रण प्रणाली अवलम्वन गरिने छ ।

ड्ड नगरले प्रदान गर्ने सेवाहरुलाई डिजीटाइजेशन गर्ने गरी एकीकृत तथा अन्तर–आवद्द प्रविधि तथा तथ्याङक भण्डार विकासमा जोड दिइनेछ ।

ड्ड कर्मचारीहरुको सीप, क्षमता तथा ज्ञानको विकासमा जोड दिई कर्मचारीलाई सक्षम र सवल सहित प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई प्रविधिमैत्री क्षमता विकास तालिम दिइनेछ ।

ड्ड सर्वसाधारणका लागि नगरपालिकाबाट प्रवाह हुने सूचना तथा जानकारीलाई प्रविधिमैत्री सहित नागरिक डिजिटल डिस्प्ले बोर्ड जडान गरिनेछ ।

ड्ड सूचना प्रविधिको प्रयोग गरी वडा अनुसारको  स्रोत नक्शा सम्बन्धी खोज, अनुसन्धान र प्रस्तुत गरिनेछ ।

ड्ड कर्मचारी र जनप्रतिनिधि सहितको अध्ययन अवलोकन भ्रमण गरी अन्यत्र भए गरेका विकास निर्माणका प्रशंसनीय कार्यहरुबाट यस क्षेत्रमा कार्यान्वयन  गरिने छ ।

ड्ड राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सेवा ईकाइबाट संचालित कार्यक्रमलाई निरन्तरता दिने गरी जनशक्ति व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापन गरिनेछ ।

ड्ड नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारी र नगरबाट  प्रतिनिधित्व गर्दै खेलकुदमा प्रदर्शन गरी नगरको गौरव बढाउने खेलाडीहरुलाई प्रोत्साहान गरिने व्यवस्था मिलाइने छ ।

ड्ड वडा संचालनको लागि आवश्यक पर्ने न्यूनतम बजेट व्यवस्था गरी सो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

ड्ड वडा कार्यालयलाई प्रविधिमैत्री बनाउनको लागि विद्युतिय हाजिरी, ईन्टरनेट, सूचना पाटी सम्बन्धी कार्यलाइ निरन्तरता दिइनेछ ।

ड्ड साविका ४ वटा गा.वि.समा एक एक पटक समय मिलाइ सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिने छ ।

ड्ड संघीय सरकारले लिएको नीति अनुसार यसनगरपालिकाबाटपारिश्रमिक पाउने कार्यरक्त र दरवन्दी भित्रका कर्मचारीलाई १० दिनको भ्रमण भत्ता बराबरको पर्यटन काज उपलब्ध गराइनेछ । .

ड्ड मिडिया साझेदारी कार्यक्रमलाई निरन्तरता दिइ नगरले गरेको कार्यलाई नगरवासीहरुसमक्ष जानकारी गराई प्रचार प्रसार गरिने छ ।

ड्ड नगरपालिकालाई प्रविधिमैत्री बनाउनको लागि एकृकित केन्द्रिक नँया सफ्टेवयर जडान तथा संचालनमा विशेष प्राथमिकता दिई आवश्यक बजेट व्यवस्थापन गर्न जोड दिइनेछ ।

 

आदरणीयमहानुभावहरु,

 

कोरोनाको महामारी बिच स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आठांै नगर सभामा आज पेश गरिएका यी नीति तथा कार्यक्रमको कार्यान्वयनमा नगरपालिकाको एक्लो प्रयासबाट सम्भव नभएकोले पेश भए अनुसारका यस नीति तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनका लागि नगर क्षेत्रका सम्पूर्ण नगरबासी, राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था, बिभिन्न संघसंस्था लगायत आम दाजुभाई तथा दिदी बहिनीहरुबाट पूर्ण सहयोग प्राप्त हुने नै छ भन्ने  विश्वासकासाथ नीति तथा कार्यक्रम तयार गर्ने क्रममा मार्गदर्शन गर्नु हुने नगर उप प्रमुख, नगरसभाकासदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, संचार जगतबाटप्राप्त सुझाव, सहयोग र सल्लाह प्रति हार्दिक आभार प्रकट गर्दछु ।

धन्यवाद ।

 

२०७८ असार १० गते



सम्बन्धित
Loading...