पश्चिम नवलपरासीमा पाेखरीमा डुबेर वृद्धकाे मृत्यु


पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । सरावल गाउँपालिका ४ गोबरहिया बस्ने ७४ वर्षीय मनीराम थारुको घर निजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।



साँझ आफ्नै घरमा सुतेका थारुको विहान घरबाट २०० मिटर टाढा रहेको सार्वजनिक पोखरीमा डुविरहेको अवस्थामा मृत भेटिएका थिए । उनको राति नै मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।



सम्बन्धित
Loading...