सुस्ताको कुल बजेट ५७ करोड ४६ लाख: कृषि,शिक्षा,स्वास्थ्य र पुर्वधार बिकासमा जोड
श्याम थापा –
सुस्ता १० असार –
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि कुल ५७ करोड ६४ लाख ४६ हजार १ सय ७२ रुपैया बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको गाउँपालिकाको ९ औं गाउँ सभामा आर्थिक बर्ष ०७८/०७९ को लागि कुल बजेट ५७ करोड ६४ लाख ४७ हजार बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरिएको छ ।
गाउँपालिकाले कार्यालय संचालन था प्रशासनिक खर्च तर्फ ५ करोड ३५ लाख र चालु तथा पुजीगत खर्च तर्फ आर्थिक बिकास तर्फ ५२ करोड २९ लाख ४६ हजार १ सय ७२ रुपैया बराबरको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले सभामा बजेट प्रस्तुत गर्नु भएको हो ।
उपाध्यक्ष थरुनीले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले आन्तरिक श्रोतबाट ९९ लाख १० हजार र बाह्य तर्फ ५६ करोड ६५ लाख ३६ हजार १ सय ७२ रुपैया रूपमा आम्दानी गर्ने अनुमान गरेको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले जानकारी गराए ।
गाउँपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोज गर्दा सामाजिक बिकास तर्फ ३ करोड ९८ लाख ३१ हजार,आर्थिक बिकास तर्फ ३ करोड ३८ लाख ३० हजार,पुर्वधार बिकास तर्फ १५ करोड ९२ लाख ४१ हजार १ सय ७२ रुपैया,वातावरण तथा बिपद व्यवस्थापन तर्फ ४८ लाख,सुशासन तथा अन्तरसम्बन्धित तर्फ १ करोड १४ लाख,कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ५ करोड ३५ लाख र वडा कार्यालयबाट संचालन हुने कार्यक्रम तर्फ ३ करोड ६० लाख बराबरको रकम छुट्टाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले जानकारी दिएका छन् ।
गाउँपालिकाको ९ औं गाउँ सभा योजना तथा प्रशासन शाखा अधिकृत बिष्णु प्रसाद ढकालले संचालन गरेका थिए ।