बुलिङटार गाउँपालिकाको बजेट ४० करोड ८५ लाख ६६ हजार
नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
बुलिङटार गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ का लागी अनुमानित आय ४० करोड ८५ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नवौं गाउँसभामा बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले संघीय सरकार, प्रदेशबाट अनुदान तथा सहयोग र गाउँपालिकाको अनुमानित आन्तरिक आम्दानी सहित कुल ४० करोड ८५ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
जसमध्ये आयतर्फ संघीय सरकार समानीकरण ८ करोड ८६ लाख, संघीय सरकार राजस्व बाँडफाँड ६ करोड ९७ लाख २९ हजार, संघीय सरकार विशेष अनुदान २ करोड ८ लाख, संघीय सरकार सशर्त चालु अनुदान १७ करोड ९७ लाख र संघीय सरकार सशर्त पूजीगत अनुदान २ करोड ३७ लाख आम्दानी हुने अपेक्ष गरिएको छ ।
त्यसैगरी गण्डकी प्रदेश सरकारबाट प्रदेश सरकार समानिकरण अनुदान ९७ लाख, प्रदेश सरकार राजस्व बॅाडफाड ४३ लाख ३७ हजार, प्रदेश सरकार समपुरत अनुदान १ करोड रुपैयाँ आम्दामी हुने अनुमान गरिएको छ ।
त्यसैगरी अनुमानित आन्तरिक आम्दानी २० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । कोभिड–१९ लगायत संक्रमण रोगहरुको नियन्त्रणको लागी प्रयत्न गरी कोभिड बिरामीलाई सुविधा सम्पन्न कोभिड अस्पतालसम्म पुर्याइने व्यवस्था गरिएको जनाइएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि ऐलानी जग्गामा हक भोग गरी बनाइएका घर टहराहरुमा वहाल विटौरी कर लगाइने भएको छ ।
व्यक्तिले भोग चलन गरेको ऐलानी जग्गाको नाप नक्सा गरी लगत संकलन गर्ने कार्यलाई निरन्तरता दिने अध्यक्ष बस्ताकोटीले जनाएका छन् ।