वैदेशीक रोजगारीको ठगीका पीडितले पाए १८ करोड बढी क्षतिपूर्ति




नवलपुरका चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजना ९सामी० ले चार वर्षको अवधिमा १८ करोड ७५ लाख ९४ हजार ११२ रुपैया क्षतिपूर्ति पीडितहरुलाई दिलाउन सहजीकरण गरेको छ ।

२०७५ साल भदौ ३१ गतेदेखि हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ बाट संचालित कार्यक्रम सामीले वैदेशीक रोजगारीको नाउँमा भइरहेको ठगी, मृत्यु,दुर्घटना र घरेलु कामदार लगायतको समस्यावारे परेको उजुरीलाई समाधान गर्दै पीडकबाट सो बरावरको क्षतीपूर्ति पीडितलाई भराइदिन सफल भएको हो ।




परियोजनाले आज कावासोतीमा पत्रकार सम्मेलन गरी हालसम्मको अवधिमा वैदेशीक रोजगारीसँग जोडिएका विभिन्न १ हजार ६७१ वटा उजुरी दर्ता भएको जानकारी दिएको छ । जसमा महिलासँग सम्वन्धीत १३६ र पुरुषका १ हजार ५३५ रहेका छन् ।

परियोजनाकी परामर्श दाता रन्जना लम्सालका अनुसार विदेश पठाइदिने नाउँमा भएको ठगी मुद्दा मात्रै परियोजना अवधिको हालसम्म १ हजार १२८ वटा दर्ता भएका छन् । त्यसमा ५६६ उजुरी समाधान हुँदा २ करोड ८० लाख ८७ हजार २ सय रुपैया पीडितले क्षतिपूर्ति पाएका छन् । प्राय परिवारका आफन्त, नजिकका नातेदारबाट अझैपनि ठगि भइरहेको र खाडी मुकुक भन्दा बढि युरोप देशहरुमा लैजाने भनी ठगी गर्ने गिरोह बढिरहेको उनले बताए ।

त्यस्तै परियोजना अवधिभर मृत्युका १३१ मुद्दा दर्ता भएकोमा १२८ वटा समाधान हुँदा १४ करोड ९५ लाख ९१२ रुपैयाँ क्षतिपूर्ति पीडित परिवारले पाएका छन् भने दुर्घटनामा १०९ मुद्दा दर्तामा ९० वटा समाधानहुँदा १ करोड ६ हजार रुपैया क्षतिपूर्ति दिलाउन सहजीकरण गरेको लम्सालले बताए ।

घरेलु कामदारमा गएका ३७ महिला समस्यामा परेको उजुरी परेको र ३३ वटा समाधान भएको उनको भनाई छ ।
चालु आर्थिक वर्षमा मात्रै ३ करोड ५५ लाख ५४ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिन सहजीकरण गरेको कार्यकारी निर्देशक कृष्ण घिमिरेले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १२५ वटा मुद्दा दर्ता भएको मध्ये ठगीमा परेको ७८ मुद्दामा ३१ वटा समाधान हुँदा ३६ लाख २२ हजार ठगबाट असुल उपर भएको छ ।

त्यस्तै मृत्युको ११ मुद्दा दर्ता भएपनि अघिल्लो वर्षको समेत २० मृत्युका केस समाधान भएका छन् । जहाँबाट ३ करोड १२ लाख ३२ हजार क्षतिपूर्ति र दुर्घटनाका ५ मुद्दामा ३ समाधान हुँदा ७ लाख क्षतिपूर्ति पीडित परिवारले पाउन सफल भएका छन् ।

चालु आर्थिक वर्षमा विरामी भएको ८, सम्पर्क विहीन भएको भन्दै ८, जेलमा रहेको ६, कोरोना प्रभावित ४,कागजजात नभएको ३ र घरेलु कामदार समस्यामा ३ वटा उजुरी दर्ता भएका छन् । तिनीहरुलाई समाधान गरिदै लगिने कार्यकारी अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
२०७९ असार ३१ सम्म ४ नगरपालिका कावासोती, गैँडाकोट र मध्यविन्दु र एक गाउँपालिका विनयी त्रिवेणीमा कार्यक्रम जारी रहनेछ । २०७९ सालपछि परियोजना थप हुने वा सकिने भन्ने वारे छलफल चलिरहेको बताइएको छ ।

हिकोडेफबाट यो परियोजना संचालन पश्चात वैदेशीक रोजगारीमा जानुअघि शिक्षा दिने, सीप सिकाउने, ठगी,मृत्यु,हिँसा, अन्य विभिन्न समस्यामा परेकालाई उद्दारमा सहयोग गर्ने,वैदेशीक रोजगारीले हुने मनोसामाजिक समस्यामा परामर्श गर्ने,विदेशबाट भएको कमाईलाई सहि सदुपयोग गर्न सिकाउने आदि काम गर्दै आइरहेको छ ।

चालु आवमा मात्रै १ हजार ४६९ महिला सहित ४ हजार ७०४ जनालाई आप्रवासी केन्द्रबाट व्यक्तिगत परामर्श र समुदायमा आधारित कार्यक्रमबाट ४ हजार ३७० जना महिला सहित ९ हजार ३९३ जनालाई परामर्श गरिएको लम्सालले बताए ।
त्यस्तै यस वर्ष १४ महिला सहित ३२ जनालाई सीप तालिम प्रदान गरिएको छ भने अवधिभर १३६ महिला सहित २९० जनाले सीप तालिम लिएका छन् । सीप तािलम लिएकामध्य ७० प्रतिशत वैदेशीक रोजगारीमा गएका छन् ।

परियोजनाले पछिल्लो समय आर्थिक क्रियाकलापका कारण श्रीमान श्रीमती र परिवारवीचनै वेमेल बढ्न थालेपछि वित्तीय साक्षरतालाई पनि प्राथमिकतामा राखेको छ ।

विदेशबाट पठाएको रकम कसरी कम भन्दा कम खर्च गरेर धेरै बचतगर्ने रु बचत गरेको रकम कहाँ कसरी प्रयोग गर्ने भन्ने जस्ता शिक्षा पनि दिन थालिएको कार्यकारी निर्देशक घिमिरले जानकारीदिनुभयो । चालु आर्थिक वर्षमा मात्रै १५ वटा समूहमा आवद्ध ३७५जना वैदेशीक रोजगारीमा गएका परिवारका लागि र परियोजना अवधिभर ७५ समूहका १ हजार ८०१ जनालाई वित्तीय साक्षरताको शिक्षा दिइएको छ ।

चालु आर्थिक वर्षमा ९९ महिला सहित ११८ जनालाई व्यक्तिगत रुपमा र ३७२ जनालाई सामूहिक रुपमा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

परियोजनाको शिक्षाले विदेश गएका २० जनाले तोकिएको भन्दा बढी शुल्क लिने म्यानपावर विरुद्ध आवाज उठाएर ३ लाख ७९ हजार घटाउन सफल भएका छन् ।

नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय समझदारी अनुसार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्थानीय तहहरुको समेत नेतृत्वमा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा यो परियोजना संचालित छ ।



सम्बन्धित
Loading...