नवलपुरमा गाँजा सहित २ जना पक्राउ




नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट ११ भेडाबारी निवासी ५० बर्षीय बाबुराम महतो र गाँजा किन्न आउने गैडाकोट १० पितौजी बस्ने २८ बर्षीय कृष्ण थापा मगरलाई प्रहरीले एक किलो ६ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।




आफ्नै मिलमा विक्रीका लागि लुकाई राखेको भन्ने सुराकीको आधारमा प्रहरीले उनलाई गाँजा सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय गैडाकोटमा राखिएको र घटनाको अनुसन्धान भईरहेको गैडाकोट प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...