नवलपुरका विभिन्न स्थानमा भोलि ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने


 



कावासोती । पूर्वी नवलपरासीमा विभिन्न स्थानमा मंगलबार ४ घण्टा विद्युत कटौती हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार असार १५ गते मंगलबारका दिन विहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समयमा नवलपुरका विद्युत अवरुद्ध हुने भएको हो ।




कावासोती १३÷११ के.भि. सव–स्टेशनमा जडान गरेको सि.टि. परिवर्तन गर्नु पर्ने भएको हुँदा उक्त समयमा सो सव–स्टेशनबाट सञ्चालित कावासोती फिडर अन्तरगत पर्ने कावासोती नगरपालिका वडा नं. १ देखि ६, हुप्सेकोट गाउँपालिकाको विभिन्न स्थानमा र ११ के.भि. अरुणखोला फिडर अन्तरगत पर्ने मध्यविन्दु नगरपालिका वडा नं. ४ देखि १५ को विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने कावासोती शाखाले जनाएको छ ।

पूरा सूचना



सम्बन्धित
Loading...