घुस लिएको आरोपमा प्राधिकरणका सव इन्जिनियर पक्राउ
सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकारण ओखलढुंगाका एक कर्मचारी पक्राउ परेका छन् ।
जिल्लाको सिद्धिचरण नगरपालिका २ निशंकेका भूकम्प प्रभावितसँग ३० हजार रुपैया घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली) मा कार्यरत सवइन्जिनियर राजन पासवान पक्राउ परेका हुन् ।
मंगलबार सव इन्जिनियर पासवानले निशंकेका भूकम्प प्रभावित नागरिकसँग घर निमार्णपछि प्राप्त हुने तेस्रो किस्ता वापतको रकम निकासाका लागी कागजात मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस रकम (रिसवत) लिएको पाइएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।