अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड सञ्चालनमा
परासी, असार १६ । बिहानदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ ।
मंगलबाररातिदेखि परेको पानीले सो सडकखण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा, वनकट्टी र ज्यामिरेमा बनाईएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको थियो ।
सञ्चालनमा आाएको डाइभर्सनबाट ठूला लोड गाडीबाहेक अन्यलाई आवतजावत गर्न दिईएको पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।
डाइभर्सनमा राखिएको ग्राभेल दब्न सक्ने भएकाले हलुका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको र लोड गाडीहरू बिहीबारबाट मात्रै आवतजावत गर्न दिईने लामाले लामाले बताए ।
राजमार्ग भएर पूर्व पश्चिम जाने भारी सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएको प्रहरीले जनाएको छ ।
