पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक अवरुद्ध, गैंडाकोट थुम्सीको डाइभर्सन बगायो
नवलपुर, १७ असार । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा रहेका ४ वटा डाइभर्सन बाढीले बगाए पछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
अविरल बर्षा पछिको बाढिले पूर्व पश्चिम राजमार्ग अन्र्तगतको गैंडाकोट थुम्सीको ४ वटा डाइभर्सन बगाएको छ भने अर्को पनि बगाउँदै गरेको छ ।
अहिले उक्त क्षेत्रमा मोटरसाइकल समेत चल्न नसक्ने गरी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । विहान पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।
सडकदेखि उत्तरतर्फको भुभाग समेत डुबानमा परेपछि उत्तरतर्फको भुभाग पानीको सतह नघेटेका कारण अझै सडकमा डाइभर्सन मर्मत शुरु हुने सकेको छैन ।
