लौरोले टाउकोमा हानेर दुई किशोरले गरे आफ्नै साथीको हत्या
प्यूठान । गत सोमवार विहान मृत्त अवस्थमा भेटिएका युवाको हत्या भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । प्यूठान नगरपालिका–१० नेपानेमा मृत्त अवस्थमा भेटिएका २४ वर्षिय हेमन्त भन्ने नरेन्द्र पुन मगरको हत्या भएको पुष्टि भएको हो ।
सोहि ठाँऊ बस्ने वर्ष १५ र १७ वर्षका दुई किशोर र मल्लरानी गाउँपालिका–३ बस्ने वर्ष १८ को रेमबहादुर घर्तिको आक्रमणबाट नरेन्द्रको हत्या भएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।
दिदीको गोठ बनाउने काममा गएका नरेन्द्र काम सकिएर फर्कने क्रममा हत्या भएको हो । ‘काम सकिएपछि उनीहरु मादक पदार्थ सेवन गर्न थाले ।’ ,प्रहरी नायव उपरिक्षक मल्लले भने, ‘सामान्य विवादबाट शुरु भएको घटना हत्या योजनासम्म पुग्यो ।’ प्यूठान नगरपालिका–१० पातिहाल्ना घर जाने क्रममा उनीहरुले बाटो कुरेर नरेन्द्र र उनीसँग रहेका २५ वर्षिय सुरेश बस्नेत माथि आक्रमण गरेको प्रहरी अनुसन्धानमा देखिन्छ ।
लौरोले टाउकोमा आक्रमण गर्दा नरेन्द्रको ज्यान गएको र सुरेश घाईते भएको प्रहरीले जनाएको छ । शक्त घाईते सुरेशको भैरहवामा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठान, इलाका प्रहरी कार्यालय विजुवार, लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुहको संयुक्त टोलीले घटनाको अनुसन्धानको क्रममा यस्तो पुष्टि गरेको हो । प्रहरी हिरासतमा रहेकाहरुलाई ज्यान सम्वन्धी कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
