पारीजात सामुदायिकले गर्‍यो पर्यटन पार्क जाने बाटोमा बृक्षारोपण




पश्चिम नवलपरासी बर्दघाट मा रहेको पारीजात सामुदायिक बनको पर्यटन पार्कमा जाने बाटोको दुवै तर्फ बृक्षारोपण गरिएको छ । कपुरका १५० र धुपीका ५० गरी २ सय विरुवा रोपिएको सामुदायिक बनका अध्यक्ष चुडामणी भण्डले जानकारी दिनुभएको छ । बृक्षारोपण कार्यका लागि डिभिजन बन कार्यालयको तर्फबाट २ लाख २५ हजार र सामुदायिक बनको तर्फबाट १ लाख ९२ हजार बजेट विनियोजन गरिएको थियो । पारिजात सामुदायिक बनले कार्यालय देखी पुर्व तर्फको हैसियत विग्रेको बन क्षेत्रलाई पर्या पर्यटनको क्षेत्रमा विकास गर्दै लगिरहेको छ ।

बृक्षारोपण कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका सव डिभिजन बन कार्यालय बर्दघाट सरावलका प्रमुख गिरिराज पन्थले भौगोलिक रुपले पनि पार्क निर्माण गर्न उपयुक्त रहेको र भविष्यमा पर्या पर्यटनको राम्रो सम्भवना रहेेकाे बताए । विरुवा रोप्ने मात्र नभएर त्यसको उचित संरक्षण तर्फ पनि ध्यान जानुपर्ने पन्थको भनाई रहेको थियो । पर्यापर्यटनको रुपमा विकास गर्नका लागि बन कार्यालयले आवश्यक सहयोग गर्ने र यसलाई बर्दघाटकै गहनाको रुपमा विकास गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।




सामुदायिक बनका अध्यक्ष चुडामणी भण्डारीले रोपीएका विरुवाको संरक्षणका लागि एकजना हेरालुको ब्यबस्था गर्ने र आवश्यक तारबार गरिने बताए । उनले पार्कको डिपिआर तयार गर्नका लागि आगामी बर्ष वडा कार्यालयको तर्फबाट बजेट विनियोजन भएको जानकारी दिदै डिपिआर तयार भएपछि सोही अनुसार पार्कको विकास गरिने बताए । बर्दघाट बस पार्क देखी पुर्व तर्फको भागमा पार्क निर्माण कार्य भैरहेको छ । अहिले पिकनिक खानका लागि एकवटा सेड निर्माण भएको छ । खानेपानी, सौचालय पनि निर्माण भैसकेको र केही समयमै विजुलीको पनि ब्यबस्था गरिने बताईएको छ ।



सम्बन्धित
Loading...