नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा




पहिरो आएर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा पहिरो खसेपछि राजमार्ग अबरुद्ध थियो ।

पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको मुग्लीन प्रहरीले जनाएको छ । दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।




मुग्लीनका प्रहरी निरीक्षक रञ्‍जन अवालेका अनुसार लेदो माटो र ढुंगासहित पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको छ ।



सम्बन्धित
Loading...