कावासोतीको युनिभर्सल एकेडमीलाई सम्पूर्ण शैक्षिक गतिविधि रोक्न नगरपालिकाको निर्देशन
पूर्वी नवलपरासीको कावासोतीको वडा नं. १३ मा रहेको युनिभर्सल स्कलर्स एकेडेमीलाई सम्पूर्ण शैक्षिक गतिविधि नगर्न नगरपालिकाले रोक लगाएको छ ।
कावासोती नगरपालिकाले पत्र नै काटेर यस्तो निर्देशन दिएको हो ।
लामा समय विद्यालय बन्द भएर बन्द भएको रेकर्ड कायम भईसकेको विद्यालयले यस बर्षदेखि पुन विद्यार्थी भर्ना गर्ने कक्षा सञ्चालन गर्ने जस्ता शैक्षिक गतिविधि शुरु गरेको थियो ।
कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ –युनिभर्सल स्कलर्स एकेडेमी कावासोती १३ नामक संस्थाले प्रचलित नियम विपरित शैक्षिक संस्था विद्यालय सञ्चालन गर्ने गरेको भनि आएकोले त्यस संस्थाले गरेको सम्पूर्ण शैक्षिक क्रियाकलाप (विद्यार्थी भर्ना, कक्षा शिक्षण) आदि कार्य अविलम्ब रोक्न निर्देशन गरिन्छ।
