नवलपुर क्षेत्रमा भारी वर्षा मापन, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह




नवलपुर । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार नवलपुर डण्डा र आसपासका क्षेत्रमा पछिल्लो ६ घन्टा भारी वर्षा मापन भएको छ ।

महाशाखाका अनुसार पत्थरखोला, गिरवारी खोलालगायत साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा आइतबार दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको छ ।




आज बागमती प्रदेशको काठमाडौ, धादङ, नुवाकोट, मकवानपुर, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देही, परासी, पाल्पा, गुल्मीलगायतका नदी तथा जलाधार क्षेत्रमा पानीको सतह बढ्न सक्ने र आकस्मिकरुपमा बाढी आउन सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।



सम्बन्धित
Loading...