बाढी पीडितलाई सहयाेग


चितवन, असार १९ । चितवन सम्पर्क समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा चितवनको कालिका नगरपालिका वार्ड नं १ स्थित शुन्दरबस्तिमा बाढी पिडित ३० परिवारहरुलाइ आज एक कार्यक्रमका बिच राहत सामाग्री हस्तान्तरण गरिएको छ ।



केही दिन अघिदेखि निरन्तर परीरहेको बर्षाका कारण कालिका नगरपालिकामा निकै ठूलो धनजनको क्षति भएपछि बाढी र पहिरो पिडित हरुका लागि तत्काल राहत आवश्यक परेकाले समितिले राहत उपलब्ध गराइदिनका लागि चितवन बाट बैदेशिक रोजगारीमा द.कोरिया पुगेका नेपालीहरुले रकम संकलन गरि नेपाल पठाएका थिए ।

कालिका २ लाहुरे चोकमा अवस्थित रोयल जिम हाउसको आयोजनामा उक्त राहत बितरण कार्यक्रम सम्पन्न भएको थियो । जिम हाउसका संचालक सन्तोष स्याङ्तानका अनुसार चितवन सम्पर्क समाज द. कोरियाका वरिष्ठ उपाध्यक्ष राजकुमार स्याङ्तानले संकलन गरेर पठाएको रकम १ लाख ६ हजार रुपैयाँ मध्यबाट प्रतिपरिवार २० केजी चामल, १ केजि दाल, एक लिटर खाने तेल , १ प्याकेट नुन र एक प्याकेट सोयाबिन बितरण गरिएको थियो ।




बाढी पिडितहरुका लागि आज सम्पन्न पहिलो चरणको राहत बितरण कार्यक्रममा चितवन सम्पर्क समाज द. कोरियाका पुर्व अध्यक्ष भोला पौडेल, पुर्व कोषाध्यक्ष रामु कंडेल लगायत स्थानिय सामाजिक अभियन्ता हरुको समेत उपस्थीती रहेको थियो । बाढी पिडित हरुका लागि पहिलो चरणमा ३० परिवारका लागी राहत उपलब्ध गरिएको र दोश्रो चरणको राहत बितरण कालिका नगरपालिकाको पहाडी क्षेत्रमा पहिरो पीडित हरुका लागि असार २२ गते सम्पन्न गरीने आयोजक जिम हाउसका संचालक स्याङ्तानले बताए ।



सम्बन्धित
Loading...