नवलपुरका होटल व्यवसायीले कर छुट र कोभिड १९ विरुद्धको खोप माग्दै बुझाए ज्ञापन पत्र




नवलपुर । पूर्वी नवलपरासीका होटल व्यवसायीहरुले आफूलाई पनि कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाएको छ ।

नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना मगरको नेतृत्वमा गएको टोलीले आइतबार नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई ज्ञापन पत्र बुझाएका हुन् ।




त्यसैगरी होटल व्यवसायीले यो बन्दाबन्दीको बेला व्यापार व्यवसाय ठप्प रहेको र सरकारले घोषणा गरेको निषेधाज्ञाको होटल व्यवसायीले पूर्ण रुपमा पालना गरेको जनाउँदै विभिन्न करहरुको छु्ट तथा समयावधि थप्न माग गरेको छ ।

ज्ञापन पत्रमा बैंक किस्ता, व्यवसाय कर, घरभाडा, विद्युत महसुल आदि तत्काल तिर्न सक्ने अवस्था नरहेकोले बन्दाबन्दीको अवस्थाको बैंक तथा वित्तिय संस्थाको ब्याज छुट तथा समयावधि थप, घरभाडा छुट, व्यवसायीले स्थानीय निकायमा तिर्नु पर्ने कर तथा सम्पूर्ण कर र विद्युत महसुलमा छुट तथा समयावधि थपको व्यवस्था गर्न माग गरिएको छ ।

होटल व्यवसायीले तत्काल होटल तथा रेष्टुरेन्टहरु खोल्न पाउनु पर्ने माग समेत राखेका थिए ।



सम्बन्धित
Loading...