देवचुलीमा सुनौला हजार दिनका आमाहरुलाई झुल वितरण
कृशला सापकोटा, देवचुली ।
पुर्वी नवलपरार्सीको देवचुली नगरपालिका वडा नं ९ मा सुनौला हजार दिनका आमाहरुलाई झुल वितरण गरिएको छ ।
गर्भवत्ती आमा, सुत्केरी महिला र बच्चालाई लामखुट्टेको टोकाईका कारण लाग्ने रोगहरुबाट बचाउनका लागि झुल वितरण गरिएको हो ।
देवचुलीका १ सय ५० जना आमाहरुलाई १ लाख रकम बराबरको झुल वितरण गरिएको वडा अध्यक्ष मेख बहादुर सारु मगरले बताए ।
