देवचुली ९ का ३९ जना विद्यार्थीलाई छात्रवृत्ति
कृशला सापकोटा, देवचुली ।
पुर्वी नवलपरार्सीको देवचुली नगरपालिका वडा नं ९ मा ३९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०७७/७८ को वडागत योजना बालबालिका सशक्तिकरण कार्यक्रमबाट ३९ जना विपन्न बालबालिका तथा १ जना आमा विहिन बालिकालाई शिक्षा सहुलियत कार्यक्रम अन्तर्गत १ लाख रकम हस्तान्तरण गरिएको हो ।
मनकामना आधारभुत विद्यालयका १४ जना र कालिका माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको देवचुली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मेख बहादुर सारुले बताए ।