कावासोतीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध (फोटो फिचर–भिडियो सहित)
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा खोल्साको पानीले सडक भत्काए पछि विहानदेखि सडक अवरुद्ध भएको छ ।
कावासोतीको थाना चोकदेखि पश्चिम डिभिजन वन कार्यालय कावासोती नजिकै सडक भत्काएको हो ।
सडकको आधा भन्दा बढी भाग भत्किएको छ भने बाँकी रहेको भाग पनि ओडार जस्तो भनेर भत्किने अवस्थामा पुगेछ । अहिले पैदलयात्री समेतलाई आउजाउ गर्न रोक लगाइएको छ ।
भिडियो
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाटो मर्मतका लागि प्रयास भईरहेको छ । बाटो विहान ८ बजेदेखि अवरुद्ध भएको हो । तथापि वैकल्पिक बाटो (गाउँको बाटो प्रयोग गरेर) अत्यावश्यक सवारी साधन र हलुका सवारी साधनलाई भने पास गराइएको छ ।
यसैबीच नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी लगायतको टोलीले उक्त बाटाको अनुगमन समेत गरेका छन् ।
बाटो विहीबार नै खुल्ने सम्भावना निक्कै कम रहेको छ ।



















