चितवनका ८२ जना संक्रमणमुक्त, १०० संक्रमित थपिए


भरतपुर । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८१ रहेको छ । सोही समयमा १०० जना कोरोना संक्रमित थपिएका छन् । तीन जनाको मृत्यु भएको छ ।



भरतपुर महानगरमा ७१ जना, खैरहनीमा ४, माडीमा ६, रत्ननगरमा ११, राप्तीमा ४ र कालिकामा ३ जना र इच्छाकामनामा १ जना कोरोना संक्रमित थपिएका छन् ।

चितवनमा हालसम्म जम्मा कोरोना संक्रमितको संख्या १७ हजार ०९९ पुगेको छ भने निको हुनेको संख्या १५ हजार ४९१ रहेको छ । चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ३१७ रहेको छ । होम आइसोलेसनमा १ हजार १८८ अस्पतालमा आइसोलेसनमा १०० र पव्लिक आइसोलेसनमा २९ जना रहेका छन् । हालसम्म चितवनमा २९१ जना कोरोनाबाट मृत्यु भएको छ ।

 






सम्बन्धित
Loading...