उज्यालो गाउँ अभियानमा पाल्हीनन्दन गाउँपालिका




रामकरण अम्बेडकर –
परासी २४असार ।
पश्चिम नवरपरासी पाल्ही नन्दन गांउपालिका भित्र रहेका गांउहरुलाई उज्यालो राख्नको लागि विद्युतको पोलमा लाईट लगाएको छ ।
पाल्हीनन्दन गाउँपालिका वडा नं ३ र ४ मा पाल्ही नन्दन गाउँपालिकाद्वारा सडक बत्ती जडान कार्य शुरु गरिएको हो ।

पाल्ही नन्दन वडा नं ३ र ४ मा नेपाल विद्युत प्राधिकरणको पोलमा सडक बत्ति जडान गरिएको हो । सडक बत्ती पाल्हीनन्दनका सबै वडामा राख्ने र पाल्ही नन्दनका मुख्यमुख्य चोकहरु सिसी क्यामरा लगाउने पाल्ही नन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले बताए ।




सडकमा हुने दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण, चोरीका घटना नियन्त्रणका लागि यस्तो गरिन थालिएको पाल्ही नन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले जानकारी दिए ।



सम्बन्धित
Loading...