सुनवल न्यायिक समितिद्वारा ३ सय बढी मुद्दा निरुपण
गोपी ज्ञवाली –
नवलपरासी, असार २६ गते । पश्चिम नवलपरासीका सात वटा स्थानीय स्तरका सरकारहरु मध्य सुनवलको न्यायिक समितिले गत आर्थिक वर्षमा ३ सय बढी मुद्दा फैसला गरेको छ ।
विवाद दर्ता प्रकृया, स्थानीय सरकार संचालन गर्ने मापदण्डको प्रयोग, मेलमिलापकर्ताको न्युक्ति र परिचय पत्र वितरण, नगरपालिकाका वडाहरुमा मेलमिलाप मेलमिलाप स्थानको अवश्था, लगत तथ्यांकको ब्यावस्थापन लगाएतका सूचकका आधारमा गरिएको स्वमुल्यांकनलाई आधार मानेर गरिएको विश्लेषणमा सुनवल नगरपालिकाको न्यायिक समितीले शतप्रतिशत मुल्यांकन गरिएको न्यायिक समिती सुनवलका उजुरी प्रशासक बन्धुराज पौडेलले बताए ।
स्थानीय सरकारको गठन भएको पछिल्लो चार वर्षमा न्यायिक समितिको तथ्यांकलाई हेर्दा सुनवल नगरपालिमा परेका ३ सय ३९ मुददाहरु न्यायिक समितिमा दर्ता भए मध्ये सबै भन्दा बढी निरुपण गरिएका २ सय ६४ वटा मुद्दा मेलमिलापको माध्यमबाट निरुपण भएका छन् ।
यसैगरी ३१ न्यायिक निर्णयबाट निरुपण गरिएको छ भने ३ जना अदालतमा गएकोमा छन् । ६ वटा मुद्दा खारेजीमा परेका छन भने ३३ वटा प्रकृयामा रहेको न्यायिक समिति सुनवलका संयोजक दधिराम अर्यालले बताए ।
गत आर्थिक वर्षमा मात्र सुनवलको न्यायिक समितिमा १ सय २५ वटा मुद्दा दर्ता भएका मध्य सबै भन्दा धरै मेलमिलापको माध्यमबाट ६८ वटा मुद्दा निरुपण गरेको छ । न्यायिक निरुपणबाट १३ वटा मुद्दा निरुपण गरिएको छ भने ६ वटा मुद्दा खारेजीमा परेका छन् । २ वटा मद्दा मात्र मुल्टवीमा रहेको न्यायिक समिति सुनवलको कार्यालयले जनाएको छ ।
परेको उजुरीका आधारमा दुवै पक्षलाई राखी दुबै पक्षको छलफलबाट पालैपालो बोल्ने र तर्क राख्ने गरी समस्याको निरुपण गरिने प्रकृयालाई मेलमिलाप विधि भनिन्छ । सुनवल नगरपालिकामा सबैभन्दा धेरै मुद्दाहरु स्थानीय मेलमिलापकर्ताको माध्यमबाट मेलमिलाप विधीबाट हल गरिएको सुनवल नगरपालिका वडा नम्बर ११ की मेलमिलाप समिति संयोजक सरस्वती सुवेदीले बताए ।