पश्चिम नवलपरासीमा सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि


पश्चिम नवलपरासीमा सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरुष ८ जना र महिला १२ जना छन् । पिसिआर परिक्षणबाट ६ जना र एन्टिजिन परिक्षणबाट १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



सोमबार संक्रमण देखिएका मध्ये सुनवल नगरपालिकामा मात्रै १७ जना छन् । यस्तै बर्दघाट नगरपालिकामा २ जना र रामग्राम नगरपालिकामा एक जनामा सक्रमण भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको हुनेको संङ्ख्या ४ हजार ७ सय ८६ पुगको छ ।

यस्तै सोमबार १४ जना निको भएसँगै संक्रमण मुक्त हुनेको संङ्ख्या ४ हजार ४ सय ८० पुगेको छ । अब जिल्लामा एक सय ५१ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।




अहिलेसम्म जिल्लामा एक सय ५५ जना संक्रमितको मृत्यु भएको छ । पृथ्वीचन्द्र अस्पताल परासीमा एकजना बाहेक अन्य आइसोलसन सेन्टरमा कोरोनाका विरामी नरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।



सम्बन्धित
Loading...