कुमाल सङ्ग्राहलय निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई प्रस्ताव




२९ असार , नवलपुर ।
कुमाल सङ्ग्राहलय भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारसंग कुमाल समुदायका अगुवाहरुले प्रस्ताव गरेका छन् । नेपाल कुमाल सुधार समिति कास्की पोखरा महानगरपालिका २९ भण्डाढीकले गण्डकी प्रदेश सरकारलाई सङ्ग्राहलय निर्माणका लागि प्रस्ताव गरेको हो ।

आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेपाल कुमाल सुधार समिति कास्की जिल्लाका अध्यक्ष मनिन्द्र कुमालको नेतृत्वमा गएको टोलीले सङ्ग्राहलय निर्माणका लागि प्रस्तावना पत्र हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री पोखरेलले प्रस्तावना पत्र बुझ्दै सङ्ग्राहलय निर्माणका लागि आफु सकारात्मक रहेको बताए ।




मुख्यमन्त्री पोखरेलले भने , “कुमाल समुदायकोे पुरातात्विक वस्तु, कला संस्कृतीको संरक्षणका लागि संङ्ग्राहलयको आवश्यक छ । यसका लागि प्रदेश सरकारबाट सक्दो प्रयास गर्ने छौँ । म यो प्रस्तावमा सकारात्मक छु ।”

कुमाल समुदायको भाषा धर्म कला संस्कृती पछिल्लो समय लोप हुदै गएको छ । सङ्ग्राहलय निर्माणका लागि स्थानियदेखि केन्द्रसम्म पहिले पनि प्रस्ताव गरेको हो । तर , कतैबाट पनि यस विषयमा सुनुवाइ नभएको नेपाल कुमाल सुधार समिति कास्की जिल्लाका अध्यक्ष कुमालले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री बन्नु भएको कृष्णचन्द्र नेपाली पोखरेललाई र पोखरेलको राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल (कुमाल) लाई बधाई पनि दिइएको थियो ।

 

 



सम्बन्धित
Loading...