शीतल निवास पुगेर शपथ विवादबारे देउवा छलफलमा, नियुक्ति नसच्चिएसम्म शपथ नलिने




ठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको धारा ७६ (५) अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि देउवाले असन्तुष्टि जनाएका छन् ।




त्यसै विषयमा देउवाले छलफल थालेका हुन् । उनले राष्ट्रपति नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् ।

देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोखेका थिए ।

आफू नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ ।



सम्बन्धित
Loading...