प्रधानमन्त्री देउवाले लिए ईश्वरको नाममा सपथ, सानो आकारको मन्त्री मण्डल पनि विस्तार
कावासोती । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राति प्रधानमन्त्री पदको पद तथा गोपनियताको सपथ लिएका छन् ।
उनले ईश्वरको नाममा सपथ लिएका थिए । प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएका थिए ।
त्यसैगरी गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामला मन्त्रीमा ज्ञानेन्द्र कार्की र उर्जा, जलस्रोत तथा सिचाई मन्त्रीमा पम्फा भुसालले सपथ ग्रहण गरेका छन् ।
शर्मा र भुसाल माओवादी केन्द्रबाट मन्त्री भएका हुन् भने खाँण र कार्की काँग्रेसबाट मन्त्री भएका हुन् ।
६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो ।

