चितवनमा एकैदिन थपिए ११९ जना संक्रमित, ७३ संक्रमणमुक्त, ६ जनाको मृत्यु
भरतपुर । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा ११९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा यहाँ ७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । चितवनमा आज बिहीबार एकैदिन ६ जनाको मृत्यु भएको छ ।
एकैदिन भरतपुर महानगरपालिमा मात्र ७७ जना संक्रमित थपिएका छन् । त्यस्तै, खैरहनी नगरपालिकामा ३३, माडी नगरपालिकामा ८, रत्ननगर नगरपालिमा १३, राप्ती नगरपालिकामा ९, कालिकामा ४ र इच्छाकामनामा १ जनामा कोरोना संक्रमित थपिएका छन् ।
चितवन जिल्लामा हालसम्म संक्रमितको संख्या १७ हजार ९४७ पुगेको छ । १६ हजार ०९१ जना संक्रमणबाट मुक्त भएका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या १ हजार ५५३ पुगेको छ । यस्तै, एक हजार ४३५ संक्रमित होम आइसोलेसनमा, १०२ जना अस्पतालको आइसोलेसनमा र १६ जना पव्लिक आइसोलेसनमा रहेका छन् ।