नवलपुरको हुप्सेकोटमा बाढीले ३ घर भासियो, २८ घर जोखिममा




नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोटमा निरन्तर बर्षासँगै आएको बाढीले जमिन कटान गर्दा ३ घर भासिएको छ भने २८ घर उच्च जोखिममा परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका ५ बाकखोरको खानी खोलामा आएको बाढीले जमिन कटान गरी वस्तीमा रहेको जमिन भाँसिदा ३ घर पूर्ण रुपमा क्षति भउको बताए ।




त्यसैगरी बागखोरका १५ र बसेनीको १३ घर उच्च जोखिममा रहेकोले उनीहरुलाई समेत स्थानान्तरणको काम भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर र सशस्त्र प्रहरी चोरमाराको टोलीले उद्दार गरेर हुप्सेकोट १ जुकेपानीमा रहेको ज्ञानज्योति मावि र बेलुवामा रहेको जनता माविमा स्थानान्तरण गर्ने काम चलिरहेको छ ।



सम्बन्धित
Loading...