डब्लुएचओले दियो चेतावनी – कोरोना भाइरसका खतरनाक रूपहरू आउन सक्ने
एजेन्सी, साउन १
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आपतकालीन समितिले बिहीबार कोरोना भाइरसको अझ खतरनाक रूपहरू संसारमा फैलिन स्कने चेतावनी दिएको छ।
यसले महामारीलाई रोक्न गाह्रो बनाउने पनि विश्व स्वास्थ्य संगठनले वताएको छ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसका अनुसार समितिले कोभिड -१९ महामारीको अन्त्य हुनेछ भन्ने गलतफहमी भइरहेकोमा चिन्ता व्यक्त गरिएको छ । जबकि वर्तमान अवस्थामा यो महामारीको अन्त नजिकै छैन।
यसको साथै उनले भनेका छन् , ‘नयाँ र सम्भावित खतरनाक प्रकारको चिन्ता’ देखा पर्न सक्ने संभावना छ, जसका कारण यो महामारीलाई नियन्त्रण गर्नु अझ चुनौतीपूर्ण हुनेछ।’- बिबिसी हिन्दीको सहयोगमा