बढ्न थाले कावासोतीमा सक्रिय संक्रमित




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका सक्रिय संक्रमितको संख्या विस्तारै उकालो लाग्न थालेको छ ।

यस अघि क्रमसः सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको कावासोती नजगरपालिकामा पछिल्लो ४ दिन यता विस्तारै उकालो लाग्न थालेको हो ।




पछिल्लो १० दिनको तथ्यांक हेर्दा सक्रिय संक्रमित विस्तारै घट्दै गएको भए पनि चार दिन यता विस्तारै बढ्न थालेको छ । शुक्रबारसम्म कावासोती नगरपालिकामा सक्रिय संक्रमितको संख्या १ सय ७३ जना रहेका छन् ।

विहीबार यो संख्या १५६ थियो । त्यसैगरी बुधबार १५५ र मंगलबार १ सय ३९ रहेको थियो ।

शुक्रबार कावासोतीमा २० जना नयाँ संक्रमित थपिंदा ३ जना मात्र निको भएका छन् ।

कावासोतीमा अहिलेसम्म कोरोनाकै कारण ३२ जनाको निधन भएको छ भने १२२६ जना संक्रमित भएको कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।



सम्बन्धित
Loading...