सरावलमा धान ब्लाकका किसानहरुलाई कृषि सामग्री वितरण


 



गोपी ज्ञवाली –
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाले धान ब्लकका किसानहरुलाई धानको उत्पादक्तो बढाउन भन्दै कृषि सामाग्री हस्तान्तरण गरेको छ ।

कृषि पेशलाई मर्यादित बनाउदै किसानहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ सरावल गाउँपालिकाले धान ब्लकका किसानहरुलाई एक दर्जन भन्दा बडि पम्पसेट र मोटरहरु अनुदानमा वितरण गरिएको सरावल गाउँपालिकाका कृषि शाखा प्रमुख कुलदिप मिश्राले बताए ।




कृषि प्रधान गाउँपालिकाको रुपमा रहेको सरावल गाउँपालिकामा धान ब्लकको रुपमा सरावल वडा नम्बर २, ३ र ५ मा ८ वटा किसान समुहमा गरि ४ सय २६ विगाहा क्षेत्रफलमा विषेश गरि धान खेती कार्यक्रम संचालनमा रहेको सरावल गाउँपालिकाका कृषि शाखा प्रमुख मिश्राले बताए ।

लुम्बिनी प्रदेश कृषि मन्त्रालय अन्तर्गतको बालिविकास निर्देशनालयले पचास प्रतिशत अनुदानमा दिएको यन्त्रहरुमा किसानहरुको समुहलाई १५ पम्पसेट एवं ३ वटा मोटरहरु गाउँपालिकाको कार्यालय परिषरमा आयोजना गरिएको एक कार्यक्रम विच किसानहरुलाई प्रदान गरिएको सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले बताए।

अधिकांश ग्रामिण कृषि क्षेत्र रहेको सरावल गाउँपालिकामा धान ब्लक कार्यक्रमका ८ वटा समुह संचालमा रहेका छन भने प्रधानमन्त्रि कृषि आधुनिककरण परियोजना अन्तर्गत धान पकेट क्षत्र,  तरकारी पकेट क्षेत्रको रुपमा विषेश क्षेत्रहरुमा कृषिकार्य संचालनम रहेके छन ।

कृषि प्रोत्साहन कार्यक्रम अन्तर्गत गाउँपालिकाले किसानहरुलाई उन्नत जातको गहुँ, धान,  दलहन,  तेलहनको बिउ,  तरकारीका बिउबिजन,  मलखाद,  औषधी र कृषि यन्त्रमा लगायतका सामग्रीहरु समेत वितरण गर्दै आएको छ ।



सम्बन्धित
Loading...