नवलपुरको हुप्सेकोटमा बाढीले ३१ घर विस्थापित, विस्थापित परिवारलाई विद्यालयमा सारियो




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोटमा निरन्तर बर्षासँगै आएको बाढीले जमिन कटान गर्दा ३ घर भासिएको छ भने ३१ घर विस्थापित भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका ५ बाकखोरको खानी खोलामा आएको बाढीले जमिन कटान गरी वस्तीमा रहेको जमिन भाँसिदा ३ घर पूर्ण रुपमा क्षति भएको बताए ।




त्यसैगरी बागखोरका १५ र बसेनीको १३ घर समेत जोखिममा रहेकोले उनीहरुलाई पनि स्थानान्तरण गरिएको छ ।

उनीहरु सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर र सशस्त्र प्रहरी चोरमाराको टोलीले उद्दार गरेर हुप्सेकोट १ जुकेपानीमा रहेको ज्ञानज्योति मावि र बेलुवामा रहेको जनता माविमा स्थानान्तरण गरिएको हो । केहीलाई गाउँमा पशु चौपाया स्याहार्न गर्नका लागि छाडिएको छ ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले खोलाले जमिन कटान गरेपछि बस्ती पुरै भासिदै गएको, जमिन धजाधजा परेर फाटेका कारण बस्नै नमिल्ने गरी दुई गाउँका ३१ घर नै विस्थापित भएको बताइन् ।

कतिपय घर समेत भत्किएको छ ।



सम्बन्धित
Loading...