कावासोतीमा पेट्रोलियम पदार्थ र सवारी साधनको भाडा वृद्धिको विरोध 


कावासोती । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, नवलपुरले कावासोतीमा विरोध प्रदर्शन गरेको छ ।



पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको बहाना देखाउँदै कतिपय यातायात व्यवासायीले मनपरी भाडा असुली गरेको भन्दै उक्त संगठनले जिल्ला भित्रका आन्तरिक र बाह्य सवारीसाधनहरु रोकेर सोधपुछ गरि अनुगमन समेत गरेको थियो ।




संगठनको देशव्यापी संघर्षका कार्यक्रम अन्तर्गत उक्त संगठनले जिल्लामा पनि सक्रियता बढाएको छ। युवा संगठन नेपाल, नवलपुरका अध्यक्ष अविनाशको नेतृत्वमा नेता कार्यकर्ताको उपस्थितिमा रातो टिसर्टमा व्यानर सहित आएका युवाहरूले अनुगमन गरेका हुन।

केही सवारीसाधनले बढी शुल्क असुलेको भन्दै उक्त संगठनले फिर्ता समेत गराएको पाइएको छ। यसक्रममा यात्रुहरूले आफुले न्यायको महसुस गरेको भन्दै आयोजक युवा संगठन नेपाललाई धन्यवाद समेत व्यक्त गरेका थिए।



सम्बन्धित
Loading...