मुख्यमन्त्री बनेपछि पोख्रेल पहिलो पटक गृहजिल्लामा, यस्तो छ दुई दिने भ्रमण तालिका




गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री भए पछि पहिलो पटक आइतबार दुई दिने भ्रमण तालिका सहित गृह जिल्ला नवलपुर आइपुगेका छन् ।

उनको गैडाकोटमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्वागत गरेका छन् । गैडाकोटदेखि गण्डकी प्रदेशको भारतसँग नाका जोडिएको नाका त्रिवेणी नाकासम्म पुग्ने तालिका बनाएर उनी आइतबार नवलपुर आएका हुन् ।




दुई दिने नवलपुर रहँदा उनले कार्यकर्ता भेटघाट, गठबन्धन पार्टीका जिल्ला स्तरका नेताहरुसँगको भेटघाटदेखि सरकारी भवन उद्घाटन, यहाँका सरकारी कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफल गर्ने लगायतको कार्यतालिका रहेको छ ।

यसैबीच आइतबार बिहान राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरले उनलाई मुख्यमन्त्री भएकोमा बधाई तथा शुभकामना दिंदै ७ बुँदे अनुरोध पत्र पेश गरेको छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दिपक पाण्डेले कोभिड व्यवस्थापन, वाढीपीडितलाई राहत, त्रिवेणीसँगको सहजमार्ग लगायतका विषयमा सम्वोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

कार्यतालिका

पहिलो दिन (०७८/०४/०३) गते

१ – काठमाडौबाट – गैंडाकोट ( बिहान ६.००-१०.००) बजे

२- स्थानीय नागरिकको स्वागत ( १०.१०.३०) गैंडाकोट

३- खानाको समय (१०.३०-११.३०) सम्म घरमा

४- गैंडाकोट -१३ सिखरौली(१२.३०) सम्म

५- प्राकृतिक चिकित्सालय रजहर (१२.३०-१.००) सम्म

६- देबचुली ने . का. पाटी कार्यलय (१.००-२.००) सम्म

७- ने. का. जिल्ला पाटी कार्यलय कावासोती (२.०-३.३०)

८- नवलपुर स्थित विभिन्न कार्यलय प्रमुखहरूसङ अन्तरक्रिया

(३.३० -४.३०) सम्म ।

९- जिल्ला समन्वय र पालिका प्रमुख ( जनप्रतिनिधि ) जि. स. स. सभाहल (४.३०-५.३०) सम्म अन्तरक्रिया ।

१०- गठनबन्धनका जिल्ला स्थित पाटी नेता तथा कार्यकर्ता भेटघाट (५.३० -६.३०) सम्म ने. का . जिल्ला पाटी कार्यलय

कावासोती ।

 

दोस्रो दिन (२०७८/०४/०४) गते

१- हुप्सेकोट – बिहान (८.०-१०.०) बजे

२- मध्यबिन्दु न . पा. प्रशासकीय भवन उद्घघाटन (११.०-१२.३०) र नवजागरण क्याम्पसमा पुस्तकालय भवन उद्घघाटन (१२.३०-१.०-३०) सम्म ।

३- मध्यबिन्दु -२ को कार्यलय भवन उद्घघाटन (२.००-३.०)

४- नारायणी नदिको निरीक्षण (३.०-४.३०)

५ बिनयी- त्रिबेणि ( बाकी समय )



सम्बन्धित
Loading...