रविन्द्र अधिकारीको पोखरामा अन्त्येष्टि


हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उहाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।



रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिनुभएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।

पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।




अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ । काजकिरिया स्वर्गीय अधिकारीको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।

रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने भएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीकै चाहना अनुसार परिवारका सदस्यले अब चार दिनमै किरिया सक्ने निर्णय लिएका हुन्।

शुक्रबार पोखरामा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री अधिकारीका पारिवारिक सदस्य समेत रहेका नेकपाका नेता धनराज आचार्यले उनको चाहना अनुसार नै काजकिरिया हुने जानकारी दिए।



सम्बन्धित
Loading...