नवलपुरमा थप २ जना संक्रमितको निधन, ७ जना नयाँ संक्रमित थपिए




नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको निधन भएको छ । यो सहित नवलपुरमा बैशाख यता कोरोनाका कारण १ सय २ जनाको निधन भएको छ भने अहिलेसम्म नवलपुरमा १ सय ३४ जनाले कोरोनाकै कारण ज्यान गुमाइ सकेका छन् ।

त्यसैगरी आइतबार ७ जना नयाँ संक्रमित थपिएका छन् भने २७ जना निको भएका छन् यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ४ सय ९१ पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...