संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।
संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता, सभामुख नभएपनि बैठक बस्न मिल्ने र संवैधानिक निकायहरुमा नियुक्ती गर्न मिल्नेगरी ओली नेतृत्वको सरकारले अध्यादेश जारी गरेको थियो । तर नयाँ सरकार गठन भएपछि ओली सरकारले जारी गरेको अध्यादेश खारेज गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।