चितवनका किराना व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप
भरतपुर । चितवनका किराना व्यवसायीहरुले पनि कोरोना भाइरसविरुद्धको खोप माग गरेका छन् ।
किराना व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै खोपको माग गरेको हो ।
संघका अध्यक्ष रविन्द्र श्रेष्ठले दैनिक उपभोग्य सामग्रीहरु फ्रन्टलाइनमा बसेर विक्रीवितरण गर्ने किराना व्यवसायीहरुलाई खोपको जरुरत परेको बताए । उनले भने, ‘किराना व्यवसायीहरुले जतिबेला पनि दैनिक उपभोग्य वस्तु विक्रीवितरण गरिरहेका हुन्छन्, उनीहरु संक्रमणको उच्च जोखिममा हुन्छन्, त्यसकारण हामीले खोपको माग गरेका हौँ ।’
व्यवसायीहरुलाई प्रजिअ लामिछानेले अहिले खोपको मौज्दात सकिएको र आगामी दिनमा आउँदा किराना व्यवसायीहरुलाई प्राथमिकता दिइने बताए ।
