काठमाडौं-नयाँ दिल्ली उडान संख्या बढ्ने
काठमाडौंबाट भारतको नयाँ दिल्लीमा हुने हवाई उडानको संख्या बढ्ने भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले यो रुटमा उडान संख्या बढाउने निर्णय गरेको छ।
हालसम्म हप्तामा दुई उडान हुँदै आएकोमा भोलिदेखि ६ उडान हुने छन्। अबदेखि नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा ३/३ उडान गर्ने छन्।
उडान संख्या न्यून भएपछि भाडा आकाशीएको थियो। पाँचगुणासम्म भाडा बढेपछि यात्रुहरु मारमा परेका थिए।
उडान संख्या बढाउने निर्णय गरिएपछि भारतसँगको उडान एयरबबलमा आधारित हुने छ।