यस्तो छ १२ कक्षाको परीक्षा तालिका


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ ।



२०७८ साल जेठ २६ गतेदेखि सञ्चालन हुने गरी तय भएको परीक्षा कोभिड–१९ को विश्वव्यापी महामारीको दोस्रो लहरका कारण स्थगित गरिएकोमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र तोक्ने गरी सञ्चालन गर्न लागेको हो ।

परीक्षा साउन ३१ गतेदेखि ९ गतेसम्म बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुनेछ । कक्षा १२ मा परीक्षाको तयारीमा रहेका करिब तीन लाख ८६ हजार विद्यार्थीका लागि बोर्डले देशभरमा चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ ।




हेर्नुहोस्- परीक्षा तालिका :



सम्बन्धित
Loading...