नवलपुरमा ६६ नयाँ संक्रमित थपिए, सक्रिय संक्रमित ५८५
नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ६६ जना नयाँ संक्रमित भेटिएका छन् । १ सय ६५ जनामा परीक्षण गर्दा ६६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
गैडाकोटमा १७, देचवुलीमा ११, कावासोतीमा ३०, मध्यविन्दुमा ४, विनयी त्रिवेणीमा ३ र हुप्सेकोटमा १ जनामा पोजेटिभ देखिएको हो । यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ८५ पुगेको छ ।
