भालुको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु


चितवन । चितवनको माडी पाण्डवनगरमा जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।



माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार विहान तामाको मुना खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किनारमा शव भेटिएको हो ।




मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेछ । शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक पौडेलले जानकारी दिए ।



सम्बन्धित
Loading...